एमाले पोखरा महानगरमा नेतृत्व छान्न मतदान सकियो

आदर्श समाज सम्वाददाता
जेठ २१, २०८१
uml pokhara

पोखरा । नेकपा एमालेको पोखरा महानगरको अधिवेशनबाट नेतृत्व छान्न मतदान सकिएको छ । बिहान ८ बजेपछि सुरु भएको मतदान साढे १२ बजेतिर सकिएको छ ।  मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन राखिएको थियो ।

४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको निर्वाचन समितले जनाएको छ । प्रक्रिया पूरा गरेर अबको केही बेरमा नतिजा सार्वजनिक हुनेछ ।

महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।

निर्विरोध हुनेहरुमा तारादेवी तिवारी, मदनकुमार मुल्मी, मिना ढकाल, शिवराज बराल, जगदीश खनाल, विष्णुप्रसाद आचार्य, एमबी क्षेत्री, राधिका कार्की, माओ थापा, र शोभा आचार्य छन् ।

त्यस्तै देवी तिउसिना सम्झना, सुशील पौडेल, रमेशबहादुर थापा, नवीन भण्डारी, लक्ष्मी अधिकारी, भीमबहादुर गुरुङ, नारायणबहादुर भण्डारी, ध्रुव थापा, नारायणप्रसाद त्रिपाठी, कल्पना परियार, दीपक लामिछाने पोखरा, सरस्वती भण्डारी आचार्य एमालेको पोखरा महानगर कमिटि सदस्य पदमा निर्विरोध भएका छन् ।

चुनावमा जीवन आचार्य र दीपक पौडेल प्यानल नै बनाएर चुनावी मैदानमा छन् ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width