पोखरा । यूनाइटेड क्लब पोखराको आयोजनामा तनहुँको घिरिङमा भएको निशुल्क स्वास्थ्य शिविरबाट ७ सय ५५ जनाले स्वास्थ्य जाँच सेवा लिएका छन् । घिरिङ ३ रानीपोखरीमा भएको शिविरमा हाडजोर्नी, नशा, स्त्रीरोग, नाककान घाँटी, बालरोग, दन्त रोगलगायत परीक्षण गरिएको थियो ।
शिविरको उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले ग्रामीण भेगमा रहेका जनतालाई लक्षित गरी शिविरको आयोजना गरेकोमा युनाइटेड क्लबप्रति आभार प्रकट गरे ।
पूर्व अध्यक्ष रनबहादुर रानाले युुनाइटेड क्लबले पोखरामा महोत्सवको आयोजना गरी ग्रामीण भेगमा रहेका जनतालाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना गरेकोमा खुसी व्यक्त गरे ।
युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले स्थापना कालदेखि युनाइटेड क्लबले स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको र त्यसको निरन्तरता स्वरुप घिरिङमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी नशारोग विभागका प्रमुख सहप्राध्यापक डा. झपिन्द्र पोख्रेलले गाउँका दूरदराजमा रहेका विपन्न वर्गका मानिस लक्षित शिविरले जनतालाई प्रत्यक्ष प्रभाव पार्ने बताए ।
हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिनेश विकले शिविरमा उपलब्ध नभएका औषधी र हाजोर्नीको अपरेशन गर्नुपर्ने बिरामीलाई निशुल्क अप्रेशनको व्यवस्था गर्ने र आर्थिक अभावमा रहेका घिरिङका हाडजोर्नी तथा नशारोगका बिरामीलाई उक्त सेवा प्रदान गर्न आफू तयार रहेको बताए ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले स्थापना कालदेखि बर्सेनि ग्रामीण भेगमा स्वास्थ्यको पहँुचबाट टाढा रहेका जनतालाई मध्यनजर गरी स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको बताए ।
शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ सहप्राध्यापक डा. झपिन्द्र पोखरेल, स्त्रीरोग विशेषज्ञ डा. नारायण ओझा, रेडियोलोजिस्ट सह प्राध्यापक डा. रोशन पंगेनी, जनरल सर्जन डा. आनन्द भट्टराई, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिनेश विक, पेट छाती मुटुरोग विशेषज्ञ डा. सुदर्शन सुवेदी, डा. उज्जवल शाह, डा. ओसिन ढकाल, डा. सागर अधिकारी, शोभाखर पाण्डे, नरहरि पनेरु, सुवास सुवेदी, ईश्वर शर्मा, सिर्जना पौडेल, सन्दीप केसी, सुुस्मिता घमाल, ममता थापा, विपना थापा, प्रतिमा गुरुङ, निशानी खत्री, सन्देश पौडेल, डिलबहादुर क्षेत्री, विजय खड्का, सम्झना पौडेललगायतले सहजीकरण गरेका थिए ।
क्लबका कार्यसमिति सदस्य तथा स्वास्थ्य शिविर कार्यक्रमका संयोजक जयराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत गरे ।
शिविरमा मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर रानीपौवा पोखरा, नरहरि पोलिक्लिनिक पोखरा १० रामबजार र एसिया ओरल एन्ड डेन्टल केयर प्रालि पोखरा ५ जिरो किमीको प्राविधिक सहयोग रहेको थियो ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१