एमाले पोखरा : दीपक र जीवन प्यानलबीच प्रतिस्पर्धा

आदर्श समाज सम्वाददाता
जेठ २१, २०८१
UML Pokhara Photo

पोखरा । नेकपा एमाले पोखरा महानगर पालिकाको आगामी वर्षको नेतृत्व मतदानबाटै टुंगो लाग्ने भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरुले चासो नदिएको भन्दै दुवै पक्ष निर्वाचनको तयारीमा लागेका हुन् । चुनावका लागि दीपक पौडेल र जीवन आचार्य प्यानलका साथ अघि बढेका छन् ।

गण्डकी एमालेमा देखिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटको प्रभाव पोखरा महानगरको अधिवेशनमा पनि देखिएको छ । नेताहरुले गुटरहित स्वच्छ प्रतिपस्र्धा भने पनि अध्यक्षका प्रत्यासी दीपक उपमहासचिव पृथ्वीसुब्बा र जीवन स्थायी कमिटी सदस्य खगराज नजिकका नेता हुन् । उनीहरुको प्यानलका अन्य उम्मेद्वार हेर्दा पनि स्पष्ट गुरुङ र अधिकारी नजिकका छन् ।

अध्यक्षका प्रत्यासी पौडेल अघिल्लो पटक पोखरा महानगरपालिका मेयरको टिकट पाएर पनि खोसिएका नेता हुन् । उनी पोखरा महानगर कमिटीका पूर्व अध्यक्ष समेत हुन् भने, आचार्य हालका सचिव हुन् । चुनावमा सर्वसम्मत प्रयास असफल बनेपछि निर्वाचत कमिटीले मनोनयन लिएको हो । कमिटीले आइतबार रातिसम्म फाइनल लिस्ट तयार गर्ने र सोमबार निर्वाचन गर्ने जानकारी दिएको छ ।

पृथ्वीसुब्बा गुरुङ गुटबाट अध्यक्षमा मनोनयन दिएका पौडेलको प्यानलबाट उपाध्यक्षमा वडा नम्बर २९ का मोहन गुरुङ, सचिवमा वडा नम्बर २८ का दिनेशबाबु खड्का र उपसचिवद्वयमा वडा नम्बर १७ का लालबहादुर राना र वडा नम्बर ८ कि किरण गौतम उम्मेदवार बनेका छन् ।

खगराज निकट रहेका पोखरा १६ का निवर्तमान वडाध्यक्ष आचार्यको प्यालनबाट उपाध्यक्षमा वडा नम्बर २६ का नरेन्द्र ढुंगाना, सचिवमा वडा नम्बर २० का सुशील बस्नेत र उपसचिवद्वयमा वडा नम्बर १९ का बिष्णु गौतम र वडा नम्बर ५ का हरिमाया विक उम्मेदवार बनेका छन् ।

चुनावमा ६८ क्लस्टरमा ५ पदाधिकारी र ९६ जना सदस्य निर्वाचित हुने छन् । जसमा कुल २ सय २८ जनाले मनोनयन दिएको निर्वाचन अधिकृत अधिवक्ता मदनप्रसाद तिवारीले बताए ।

अधिवेशनका लागि करिब ५ सय प्रतिनिधिले भाग लिएका छन् । तीमध्ये आयोजक कमिटीका १ सय १६, सदस्यीय सल्लाहकार समिति ४८ जना, वडा कमिटी २ सय ९६ , जनवर्गीय संगठनबाट ३७ सहित ४ सय ९७ जना प्रतिनिधि सहभागी छन् । मतदान अगावै विभिन्न क्लस्टरबाट सदस्य पदमा १५ जना निर्विरोध भएका छन् ।

अधिवेशनका लागि कृष्ण थापा नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । जसको सदस्यमा मञ्जुदेवी गुरुङ, दानबहादुर बानियाँ र बैनहादुर अधिकारी क्षत्री सदस्य छन् ।

अधिवेशनको शनिबार आयोजित समारोहमा पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए । निर्वाचन समितिले सोमबार बिहानदेखि मतदानको कार्यक्रम राखेको छ । विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भएकाले सोमबार नै परिणाम सार्वजनिक भइसक्ने निर्वाचन समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • नेपाललाई चीनको ९ अर्ब अनुदान

    रासस मंसिर १८, २०८१
    बेइजिङ । चीन सरकारले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।…
  • कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको सोमबार राति सम्पन्न मतगणनामा…

hero news full width