पोखरा । पोखरामा भएको गण्डकी प्रदेशभरका पुस्तकालयकर्मी (लाइबे्ररियन) हरुको भेला १७ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । २ दिनसम्म चलेको भेलाले ऐन निर्माणदेखि पुस्तकालयको दिगो विकास विस्तारका लागि निरन्तर समर्पित हुने लगायत घोषणा गरेको हो ।
पोखरा सार्वजनिक पुस्तकालय र दीपशिखा सामुदायिक पुस्तकालय, पोखराको संयुक्त आयोजनामा भएको सम्मेलन शनिबार र आइतबार भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल सामुदायिक पुस्तकालय संघको संयुक्त सहकार्यमा भएको सम्मेलनले अनुभव आदानप्रदानसँगै समस्याको विश्लेषण गर्दै समाधानका लागि १७ बुँदे घोषणा पत्र जारी गरेको हो ।
प्रदेशभर सञ्चालमा रहेका ४१ मध्ये ३५ पुस्तकालयका करिब १ सय ५० लाइबे्ररियनको भेलाले सार्वजनिक तथा सामुदायिक पुस्तकालयको संस्थागत विकासका लागि ऐनको आवश्यक रहेकाले संघ, प्रदेश र स्थानीय तहसमक्ष जोडदार माग गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ । प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत पोखरामा सुविधा सम्पन्न प्रदेश पुस्तकालय स्थापनाका लागि प्रदेश सरकारसँग जोडदार माग गर्ने, नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण कार्य अघि बढाउन संघीय सरकारसँग माग गर्ने, वार्षिक नीति तथाका कार्यक्रममा समावेश गरी सबै पुस्तकालयका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्ने घोषणा पनि गरेको छ ।
सबै प्रकारका पुस्तकालयहरु बीच समन्वय, सहजीकरण, अनुगमन र निरीक्षणका लागि पुस्तकालय शाखा स्थापना गरी पुस्तकालय तथा सूचना विज्ञान समूहको अधिकृत सरहको कम्तीमा १ जना कर्मचारी व्यवस्था माग गर्ने पनि पत्रमा उल्लेख छ । जीवनपर्यन्त शिक्षाका लागि १ स्थानीय तह १ सार्वजनिक पुस्तकालयको अवधारणा लागु गर्न प्रदेश र स्थानीय तहलाई अनुरोध गर्ने, पुस्तकालय भवन निर्माण गर्दा विपद् प्रतिरोधी, अपांगमैत्री, वातावरणमैत्री एवं सूचनामैत्री बनाउन माग गर्ने लगायत घोषणा गरिएको छ ।
यसैगरी, सामुदायिक सिकाइ केन्द्रहरूलाई सार्वजनिक पुस्तकालयमा समायोजन गर्नुपर्ने, नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, राष्ट्रिय शिक्षा नीति, २०७६, पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति, निर्देशिका लगायतका कानुनी प्रावधान कार्यान्वयन गर्नुपर्ने सम्मेलनले माग गरेको छ ।
पोखरा सार्वजनिक पुस्तकालयका सहसचिव सूर्य क्षेत्रीले प्रदेशभर ४१ वटा पुस्तकालय सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार कास्कीमा १०, स्याङ्जामा ९, नवलपुरमा ६, तनहुँमा ४, लमजुङ र मुस्ताङमा ३/३, म्याग्दी र गोरखामा २/२, बागलुङ र पर्वतमा १/१ वटा पुस्तकालय छन् । यिमध्ये २६ निजी, ५ मातृसंस्था, ५ भाडाको घर र ५ अन्य संस्थाबाट सञ्चालित छन् । सम्मेलनमा भाग लिनका लागि प्रत्येक पुस्तकालयबाट कम्तिमा २/२ जना प्रतिनिधि पोखरा आएका थिए ।
पुस्तकालय संघ गण्डकीमा भण्डारी
पोखरामा भएको भेलाले दीपशिखा सामुदायिक पुस्तकालय, कास्कीका माधव भण्डारीको नेतृत्वमा १० सदस्यीय नेपाल सामुदायिक पुस्तकालय संघ, गण्डकीको कार्यसमिति पनि चयन गरेको छ ।
समितिको उपाध्यक्षमा अग्यौली सामुदायिक पुस्तकालयका दुर्गा रिजाल, सचिवमा लक्ष्मी स्मृति पुस्तकालय स्याङ्जाका ध्रुवबन्धु पौडेल, सहसचिवमा भोटेओढार सार्वजनिक पुस्तकालय, लमजुङका वसन्तराज खनाल र कोषाध्यक्षमा म्याग्दी सामुदायिक पुस्तकालय, म्याग्दीका रेखा रेग्मी पौडेल चयन भएका छन् ।
सदस्यहरुमा सुदर्शन प्रधान (पद्मा पुस्तकालय, बन्दीपुर), कृष्णराज पौडेल (मोती सामुदायिक पुस्तकालय, पर्वत), मोहप्रसाद पनेरु (तार्कुकोट सामुदायिक पुस्तकाल, गोरखा), राम थापा अविरल (विद्यामन्दिर पुस्तकालय, बागलुङ) र गोविन्द नेपाली (भूपी स्मृति थाक पुस्तकालय, मुस्ताङ) छन् ।
नेपाल सामुदायिक पुस्तकालय संघ, गण्डकीमा ८ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । सल्लाहकारमा भोलानाथ शर्मा (मोती सामुदायिक पुस्तकालय, पर्वत), हरिकृष्ण भण्डारी (दीपशिखा सामुदायिक पुस्तकालय, कास्की), प्राडा. विश्व श्रेष्ठ (पोखरा सार्वजनिक पुस्तकालय, कास्की), सूर्य क्षेत्री (पोखरा सार्वजनिक पुस्तकालय, कास्की), चन्द्रमणि अधिकारी (रुद्रमणि अधिकारी स्मृति पुस्तकालय, तनहुँ), नारायणबहादुर सुयल क्षेत्री (लक्ष्मीनारायण पुस्तकालय, लमजुङ), बद्री नेपाल (फूलबारी सामुदायिक पुस्तकालय, नवलपुर) र सरला खनाल (अग्यौली सामुदायिक पुस्तकालय, नवलपुर) छन् ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१