एमाले पोखरा महानगरमा २२ सदस्य निर्विरोध

आदर्श समाज सम्वाददाता
जेठ २१, २०८१
CPNUML Pokhara logo

पोखरा । नेकपा एमालेको पोखरा महानगरको अधिवेशनबाट २२ जना निर्विरोध भएका छन् । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भएका हुन् ।

निर्विरोध हुनेहरुमा तारादेवी तिवारी, मदनकुमार मुल्मी, मिना ढकाल, शिवराज बराल, जगदीश खनाल, विष्णुप्रसाद आचार्य, एमबी क्षेत्री, राधिका कार्की, माओ थापा, र शोभा आचार्य छन् ।

त्यस्तै देवी तिउसिना सम्झना, सुशील पौडेल, रमेशबहादुर थापा, नवीन भण्डारी, लक्ष्मी अधिकारी, भीमबहादुर गुरुङ, नारायणबहादुर भण्डारी, ध्रुव थापा, नारायणप्रसाद त्रिपाठी, कल्पना परियार, दीपक लामिछाने पोखरा, सरस्वती भण्डारी आचार्य एमालेको पोखरा महानगर कमिटि सदस्य पदमा निर्विरोध भएका छन् ।

शनिबार सुरु भएको अधिवेशन अन्तर्गत आज बिहानबाट मतदान हुँदैछ । विद्युतीय मेसिनबाट मतदान हुने भएकाले आजै साँझ अबेरसम्म परिणाम आइसक्ने अनुमान गरिएको छ ।

चुनावमा जीवन आचार्य र दीपक पौडेल प्यानल नै बनाएर चुनावी मैदानमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width