विद्यालयस्तरीय बास्केटबल : छात्रतर्फ स्पाइरल र छात्रातर्फ विन्ध्येश्वरी च्याम्पियन

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८१
Basketball final news

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधि स्पाइरल ग्यालेक्सी मावि र विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ ।
पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुँडिखेलमा भएको फाइनल खेलमा छात्रतर्फ करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) लाई स्पाइरल ग्यालेक्सी माविले २५–२३ ले हराउँदै च्याम्पियन बनेको हो ।

छात्रातर्फ विन्ध्येश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि जितेको हो । छात्रतर्फ राष्ट्रिय मावि र छात्रातर्फ करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) तृतीय स्थान हासिल गरेको संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए ।

उनकाअनुसार छात्रतर्फ उपाधि जितेको स्पाइरल ग्यालेक्सीले नगद १५ हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता बनेको केफले नगद १२ हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र हात पा¥यो ।

यस्तै तृतीय बनेको राष्ट्रिय माविले नगद ८ हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो ।

छात्रातर्फ च्याम्पियन बनेको विन्ध्येश्वरीले नगद १० हजारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो ।

राष्ट्रिय माविले १ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक जित्दै रनिङ सिल्ड जितेको छ

यस्तै द्वितीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफले क्रमश नगद ८ हजार र ५ हजारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र हात पा¥यो ।

सो प्रतियोगितामा छात्रतर्फ स्पाइरलका प्रवेश तिवारी र छात्रातर्फ विन्ध्यश्वरीकी साइना बुद्धचार्य सर्वाेत्कृष्ट खेलाडीका रुपमा ट्रफिद्वारा पुरस्कृत भइन् । यस्तै छात्रातर्फ हाइस्कोररका रुपमा विन्ध्यश्वरीकी प्रशंसा कार्की र छात्रतर्फ केफका विशेष धिताल ट्रफि र प्रमाणपत्रसहित पुरस्कृत भए ।
प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिम र छात्रतर्फ ८ टिमको सहभागिता थियो ।

राष्ट्रिय माविलाई रनिङ सिल्ड

विद्यालयस्तरीय बास्केटबलमा छात्रातर्फ उपविजेता र छात्रतर्फ सान्त्वना स्थान हासिल गरे पनि राष्ट्रिय माविले रनिङ सिल्ड जितेको छ । राष्ट्रिय माविले १ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक जित्दै रनिङ सिल्ड जितेको हो ।

राष्ट्रिय माविले ५ किलोमिटर दौडमा छात्रतर्फ उमेश विक (स्वर्ण) र सोही स्कुलकै सन्देश राईले रजत पदक जितेको संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । उनका अनुसार कास्य पदक भने संस्कृत माविका आशीष सुनारले जिते ।

यस्तै छात्रतर्फ रत्न आधारभूतकी भिममाया गुरुङले स्वर्ण, केफकी वर्षा कुँवरले रजत र राष्ट्रिय माविकी भूमिका सुनारले कास्य पदक जितेकी थिइन् ।

उनीहरूलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा पोखरा महानगरपालिकाका सल्लाहकार तेज गुरुङ, पोखरा महानगपालिका १ का वडाध्यक्ष सहारा प्रधान, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुमप्रसाद गुरुङ, पोखरा महानगरपालिका १ का जनप्रतिनिधिहरू, राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, आयोजक संस्थाका अध्यक्ष विष्णु गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा पोखरामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । मंसिर…
  • २५ औं आदर्श कप

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    लेखनाथ । पोखरा २९, भण्डारढिकस्थित प्रस्तावित लेखनाथ रंगशालामा २५ औं संस्करणको आदर्श कप तयारी अन्तिम चरणमा पुगेको छ । यही…

hero news full width

trending post

ट्रेन्डिङ्ग