पोखरा । सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता जोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा साउन १३ गते फैसला सुनाउने भएको छ । विशेष अदाललते जोशीलाई गैरकानुनी रुपमा सम्पति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरेपछि उनीसहित सरकारी पक्ष २०६९ देखि १ वर्षको अवधिमा सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जेठ १ गतेदेखि थालेको सुनुवाइ आइतबार सकिएपछि साउन १३ गतेका लागि निर्णय सुनाउने भएको सर्वोच्चका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार मुद्दाका दुवै पक्षलाई असार २१ गतेभित्र लिखित बहस नोट पेस गर्न भनिएको छ।
२०४६ सालमा बहुदलीय व्यवस्था पुनस्थापना भएपछि कांग्रेसका प्रभावशाली नेता रहेका जोशीले गृहसहितका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यसरी पदमा रहँदा उनले अवैधानिक रुपमा अकुत आजर्न गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको थियो ।
जोशीको २०४८ देखि २०५९ सालसम्म सार्वजनिक पदमा रहँदा गरेको आय आर्जन र खर्चबीचको तादम्यमता नमिलेको भन्दै विशेष अदालतका ततनकाली अध्यक्ष गौरीबहादुर कार्की र न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले उनलाई भ्रष्टाचारी ठहर गरेको थियो ।
जोशीले २ करोड १६ लाख रुपैयाँ मात्रै अवैध आम्दानी गरेको विशेषले ठहर गरेको थियो । अख्तियारले उनको ३ करोड ३ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको दाबी गरेको थियो । विशेषको उक्त फैसलाविरुद्ध दुवै पक्ष सर्वोच्च गएका हुन् ।
जोशीसहित उनलाई भ्रष्टाचारजन्य काममा सहयोग गर्ने, सम्पति लुकाउन सहयोग गरेका परिवारका सदस्यसहित अरु ६ जनालाई पनि प्रतिवादी बनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
भवन निर्माण आचारसंहिता प्रशिक्षण
दीपक समीप पुरस्कृत
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१