लेखनाथ । पोखरा २७, स्थित तालचोकमा रहेको त्रिवेणी इन्टरनेसनल कलेजमा उद्योगी र व्यवसायीबिच संवाद एवं अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
त्रिवेणी इन्टरनेसनल कलेजको आयोजनामा भएको कार्यक्रममा क्याम्पस सञ्चालन समिति अध्यक्ष सुमन भट्टराईको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द मुल्मीको प्रमुख आतिथ्यतामा भएको थियो ।
लेखनाथ क्षेत्रका उद्यमी उद्यागी व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, शैक्षिक व्यक्तित्व, पत्रकार, विद्यार्थीलगायतको सहभागितामा भएको कार्यक्रममा क्याम्पस प्रमुख यदुराज आचार्यले कार्यक्रमको औचित्यबारे प्रष्ट पारे ।
दुई सत्रमा विभाजन गरिएको कार्यक्रमको पहिलो सत्रमा पृथ्वीनारायण क्याम्पसका अर्थशास्त्र विभागका प्राध्यापक समीर बरालले विद्यमान पाठ्यक्रम र बजारको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले देशको अर्थतन्त्रमा आएको परिवर्तनसँगै रोजगार क्षेत्रमा भएको परिवर्तन, त्यसका असर, प्रतिभा पलायनको अवस्थाबारे प्रष्ट पार्दै आगामी समयमा उद्यमी र उद्यमशीलतालाई शिक्षासँग जोड्न थप गर्नुपर्ने कार्यबारे उल्लेख गरे ।
दोस्रो सत्रमा प्राडा. हरिप्रसाद पाठक, प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा सूर्यबहादुर जिसी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पूर्व अध्यक्ष बाबुराम गिरी, छत्रधर आत्रेय र द्वितीय उपाध्यक्ष विक्रम कर्मचार्यले क्याम्पसले उद्योगी व्यवसायी, बैंकिङ क्षेत्र लगायत रोजगारदातासित नियमित समन्वय तथा संवाद गरेर नै पाठ्यक्रम तयार पारी त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत गराई अध्यापन गराइरहेको बताए ।
कलेजका उपप्राध्यापक डिल्लीराम पौडलले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व
विद्यालय खेलकुद महासंघमा कृष्ण
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१