भैरवी आविमा पोसाक र स्टेसनरी सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८१
Bhairavi dress stationary news

पोखरा । सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका ५ देउराली, खडागाउँस्थित भैरवी आधारभूत विद्यालयमा पोसाक तथा स्टेसनरी सहयोग गरेको छ । रुपा ५ का अध्यक्ष राजन खनालको प्रमुख आतिथ्यतामा विद्यालय पोसाक तथा स्टेसनरी सामग्री वितरण गरिएको हो ।

अध्यक्ष खनालले क्लबले रुपा ५ का विद्यालयहरूमा गरेको सहयोगको प्रशंसा गर्दै सरकारी विद्यालय सम्पूर्ण गाउँबासीकै विद्यालय भएको हँुदा विद्यालयप्रति अपनत्व व्यक्त गर्दै बालबालिकाहरुलाई सरकारी विद्यालयमा अध्ययन गर्न आफ्नो मन फराकिलो पार्न अभिभावक, शिक्षकहरूसँग अनुरोध गरे ।

कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले क्लबको कार्यक्रमले विद्यालयमा विद्यार्थीहरूको नियमितता र भर्नादरमा वृछि हुनका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग हुने विश्वाश व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयरसिंह गुरुङ र विद्यालयका प्रधानाध्यापक श्यामकुमार श्रेष्ठले क्लबको सहयोग विद्यालयलाई महŒवपूर्ण रहेको बताउँदै विद्यार्थीहरूको संख्या वृद्धिदरमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा २८ विद्यार्थीहरूका लागि विद्यालय पोसाक (सर्ट, पाइन्ट) का साथै आवश्यक कापी, पेन्सिल, इरेजर, कटरलगायत शैक्षिक सामग्री, सहयोग गरिएको थियो । कार्यक्रममा प्रदान गरिएको पोसाक क्लबका सचिव विनोदप्रसाद श्रेष्ठ र समाजसेवी मन्दिरा श्रेष्ठको परिवारबाट सौजन्य प्राप्त भएको थियो । क्लबका सचिव विनोद श्रेष्ठले सञ्चालन गगरेको कार्यक्रममा क्लबका निर्देशक रवि मर्सानीले स्वागत गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग