पोखरा । सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको प्रथम गण्डकी सम्मेलन १७ बुँदे गण्डकी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
पोखरा सार्वजनिक पुस्तकालय र दीपशिखा सामुदायिक पुस्तकालयद्वारा पोखरामा २ दिनसमम चलेको सम्मेलनले सार्वजनिक तथा सामुदायिक पुस्तकालयको संस्थागत विकासका लागि ऐन निर्माणको माग गरेको छ । गण्डकी राजधानी पोखरामा सुविधासम्पन्न प्रदेश पुस्तकालय स्थापना गर्नुपर्ने, नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण कार्य अघि बढाउनुपर्ने, प्रदेश सरकार र स्थानीय तहको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी सबै पुस्तकालयका लागि आवश्यक बजेट विनियोजन गर्न पनि सम्मेलनले माग गरेको छ ।
सबै प्रकारका पुस्तकालयहरूबीच समन्वय, सहजीकरण, अनुगमन र निरीक्षणका लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत पुस्तकालय शाखा स्थापना गरी पुस्तकालय तथा सूचना विज्ञान समूहको अधिकृत सरहको कम्तीमा १ जना कर्मचारी व्यवस्था गर्न गण्डकी सरकारसँग माग गरिएको छ ।
यसैगरी, सामुदायिक सिकाइ केन्द्रहरूलाई सार्वजनिक पुस्तकालयमा समायोजन गर्नुपर्ने, नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, राष्ट्रिय शिक्षा नीति, २०७६, पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति, निर्देशिका लगायतका कानुनी प्रावधान कार्यान्वयन गर्नुपर्ने सम्मेलनले माग गरेको छ ।
सम्मेलनमा गण्डकी प्रदेशका ४३ मध्ये ३५ वटा पुस्तलयकाका सञ्चालक, पुस्तकालयकर्मीदेखि अभियन्ता, विज्ञ, पुस्तकालयका पेसागत तथा पुस्तकालयको विकासमा संलग्न संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङबाहेक अन्य जिल्लाका प्रतिनिधिहरूले भाग लिएका थिए । सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१