एमाले पोखरा महानगरमा दीपक र जीवन भिड्दै

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८१
pokhara uml

पोखरा ।  नेकपा एमाले पोखरा महानगरपालिका कमिटीको आगामी नेतृत्वका लागि २ जनाको उम्मेदवारी परेको छ। पोखरा सभागृहमा जारी कमिटीको दोस्रो अधिवेशनअन्तर्गत आइतबार मनोनयनमा अध्यक्षका लागि जीवनप्रसाद आचार्य र दीपक पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। आचार्य हालका सचिव हुन् भने पौडेल अघिल्लो पटक पोखरा महानगरपालिका मेयरको टिकट पाएर पनि खोसिएका नेता हुन्।

चुनावमा सर्वसम्मत प्रयास असफल बनेपछि निर्वाचत कमिटीले मनोनयन लिएको हो। गण्डकी प्रदेशमा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुट स्पष्ट छ। गण्डकी प्रदेशको चुनाव होस् वा कास्की जिल्ला कमिटीको चुनावमा गुरुङ र अधिकारी प्यानल स्पष्ट खुलेरै चुनाव लडेकोमा पालिकास्तरमा पनि यो गुट व्याप्त देखिन्छ।

अध्यक्षमा मनोनयन दिएका पौडेल पृथ्वीसुव्वा गुरुङ गुटका हुन्। उनको प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिव खुलामा लालबहादुर राना र उपसचिव महिलामा किरण गौतमले मनोनयन दर्ता गरे ।

अध्यक्षमा मनोनयन दिएका आचार्य खगराज निकट हुन्। उनको प्यालनबाट उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसमितिमा विष्णुप्रसाद गौतम र उपसचिव महिलामा हरिमाया विश्वकर्मा प्रतिस्पर्धामा छन्। उपसचिव खुलातर्फ बलराम गिरीले पनि  उम्मेदवारी दिएका छन्।

चुनावमा ६८ क्लष्टरमा ५ पदाधिकारी र ९६ जना सदस्य निर्वाचित हुन् छन्। जसमा कुल २ सय २८ जनाले मनोनयन दिएको निर्वाचन अधिकृत अधिवक्ता मदनप्रसाद तिवारीले बताए।

अधिवेशनका लागि करिब ५ सय प्रतिनिधिले भाग लिएका छन्। तीमध्ये आयोजक कमिटीका १ सय १६, सदस्यीय सल्लाहकार समिति ४८ जना, वडा कमिटी २ सय ९६ , जनवर्गीय संगठनबाट ३७ सहित ४ सय ९७ जना प्रतिनिधि सहभागी छन्।

अधिवेशनका लागि कृष्ण थापा नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ। जसको सदस्यमा मञ्जुदेवी गुरुङ, दानबहादुर बानियाँ र बैनहादुर अधिकारी क्षत्री सदस्य छन्।

अधिवेशनको शनिबार आयोजित समारोहमा पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए। मतदान सोमबार बिहान ७ बजेदेखि इलेक्ट्रिक भोटिङमार्फत हुने निर्वाचन कार्यतालिका छ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width