पोखरा । पोखरा महानगरपालिकाको नगर युवा परिषद्ले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि एक दिवसीय सचेतनामूलक कार्यक्रम गरेको छ । सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे युवालाई अभिमुखीकरण कार्यक्रम गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले बताए ।
सूचना प्रवाहमा सामाजिक सञ्जालको ठूलो योगदान भए पनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक
सञ्जालका फाइदा र बेफाइदाबारे युवाहरूसँगै चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले बताए ।
सामाजिक सञ्जालको बढ्दो प्रभावबीच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महत्वपूर्ण हुने नगर प्रमुख धनराज आचार्यले बताए । ‘सामाजिक सञ्जालको प्रभावका दिनानुदिन बढ्दो छ,’ आचार्यले भने, ‘यो मानव जीवनको अपरिहार्य अवयव जस्तो बनिसकेको छ, तर यसको सदुपयोगिता र सकारात्मक प्रभावका विषयमा भने चर्चा गर्न आवश्यक छ ।’ सामाजिक सञ्जालको दुरुपयोग हुँदा सिंगो समाजमा नकारात्मक प्रभाव र भ्रम सिर्जना हुने भएकाले सचेत रहन आवश्यक रहेको उनले बताए ।
सामाजिक सञ्जाल नयाँ सिकाइ र नवप्रवर्तनका लागि पाठशाला भएको उल्लेख गर्दै उनले यसलाई समयमा नै चिन्न र जान्न सके जीवनमा सकारात्मक ऊर्जा र सफलता प्राप्त गर्न सकिनेमा जोड दिए । कतिपय अवस्थामा यसलाई अपराधको अर्को सजिलो हतियारका रूपमा समेत लिने गरेको पाइएको भन्दै उनले राज्यको तहबाट नियमन गर्न जरुरी रहेको बताए । ‘सामाजिक सञ्जालको व्यवस्थित र मर्यादित सञ्चालनका लागि नियमन जरुरी छ,’ उनले भने ।
बिना कारण कतिपय व्यक्ति वा समूह सामाजिक सञ्जालको सिकार हुनु परेको भन्दै उनले यसको दुरुपयोग रोक्नुपर्ने बताए । ‘यो आधुनिक मानिसका लागि नयाँ जीवन बन्न पुगेको छ । यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने हो भने यो २१ औं शताब्दीका मानिसहरूका लागि वरदान नै हो । हिजोको जस्तो कठिनताको विकल्पका रूपमा विकसित सामाजिक सञ्जालको उपयोग सकारात्मक, रचनात्मक र विवेकपूर्ण तवरले गर्नुपर्दछ,’ नगर प्रमुख आचार्यले भने ।
पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले युवाको मानसिकता र दृष्टिकोण निर्माणमा सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको बताए । युवा इन्फरमेसन र डिसइन्फर्मेसनबाट बचाउन निकै चुनौतीपूर्ण रहेको बताउँदै उनले यसको आवश्यक ज्ञान तथा जानकारीका लागि यसप्रकारको कार्यक्रम निकै प्रभावकारी हुने बताए ।
कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मा र आइटीका जानकार विश्वराज पौडेलले सामाजिक सञ्जाल प्रयोगबारे युवासँग परिसंवाद गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
भवन निर्माण आचारसंहिता प्रशिक्षण
दीपक समीप पुरस्कृत
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१