पोखरा । कास्की जिल्लास्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रिज अन्तरमावि छात्रछात्रा क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका र छात्रातर्फ अम्मरसिंह माविले उपाधि जितेका छन् ।
पोखरा क्रिकेट एकेडेमी आयोजनामा पोखरा रंगशालामा बिहीबार फाइनलमा छात्रतर्फ कालिकाले नवप्रभात् माविलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भयो । टस जितेर ब्याटिङ गरेको नवप्रभातले ११.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५२ रन मात्रै बनाएको थियो । नवप्रभात्का अनिश पटेलले १३ रन जोडे । कालिकाका बलरहरू टंक आचार्य र मनोज नेपालीले समान २ विकेट लिए । जितका लागि ५३ रनको लक्ष्य पन्छाएको कालिकाले ७.६ ओभरमा ४ विकेट गुमाएर जित हासिल ग¥यो । कालिकाका लागि टंक आचार्यले अभिजित १२ तथा समीर अधिकारीले १२ रन बनाए । नवप्रभात्का अनिश पटेल र समीर भुजेलले २–२ विकेट लिए ।
पोखरा रंगशालामा बिहीबार तेस्रो ब्रेकिङ बाउन्ड्रिज क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ
छात्रतर्फ अमरसिंहले सिद्ध माविलाई १५ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पहिला ब्याटिङ गरेको अमरसिंहले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०५ रन बनाएको थियो । अमरसिंहका सुविना गुरुङले १६ तथा चन्द्रमाया बरालले १० रन जोडिन् । प्रतिउत्तरमा सिद्धको पारि ९० रनमै समेटियो । सिद्धको तर्फबाट रचना चौधरीले १८ रन बनाएकी थिइन् ।
छात्रतर्फ कालिकाका समीर अधिकारी सर्वोत्कृष्ट खेलाडी, नवप्रभात्का अनिश पटेल उत्कृष्ट बलर तथा सिद्धका निशान नेपाली उत्कृष्ट ब्याट्सम्यान बने । छात्रातर्फ अमरसिंहकी चन्द्रमाया बराल सर्वोत्कृष्ट खेलाडी, सिद्धकी रचना चौधरी उत्कृष्ट बलर तथा सिद्धकै रोजी परियार उत्कृष्ट ब्याटर बनेको आयोजक समिति अध्यक्ष वविन कुँवरले बताए ।
विजयीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाली सेना विजयपुर ब्यारेकका प्रमुख सेनानी निरुत्तम पौडेल, पोखरा महानगर खेलकुद समिति अध्यक्ष दीपकबहादुर गोदार, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष संजय सिग्देल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की अध्यक्ष राजन पौडेल, सहयोगी संस्था किडासा फाउन्डेसनका कार्यक्रम विश्लेषक कृपासु निरौला लगायतले सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।
Related News
सम्बन्धित समाचार
आइसिसी प्रतिनिधि पोखरामा
क्रिकेटरलाई नगद १ लाखसहित सम्मान
महिला क्रिकेट टोली पहिलोपल्ट विश्वकपमा छनोट
दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा
लेखनाथ बुमर्सको पहिलो जित
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१