होराइजन युथ क्लबलाई वडाध्यक्ष कप

भवानी अधिकारी
जेठ १७, २०८१
Smriti club fooball

स्याङ्जा । स्मृति युवा क्लबद्वारा आयोजित पाँचौं वडाध्यक्ष फुटबल प्रतियोगिताको उपाधि होराइजन एफसी वालिङले जितेको छ । फाइनलमा कोल्मा एफसीलाई ६–५ गोलअन्तरले पराजित गर्दै होराइजनले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

उपविजेता कोल्माले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । २५६८ औं बुद्ध पूर्णिमा अवसरमा पुतलीबजार १३ स्थित मातृभूमि खेलमैदानमा गत १० जेठदेखि सुरु प्रतियोगितामा १४ टिमले भाग लिएका थिए ।

समापनमा पुरस्कार वितरण गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले यस्ता प्रतियोगिता मार्फत राम्रा खेलाडी उत्पादन गर्न सकिने जनाए । उनले प्रतियोगितालाई निरन्तरता दिन समेत सुझाव दिए ।

पुतलीबजारभित्र रहेका मालेबगर, कोल्मा र मातृभूमि खेलमैदानलाई विशेष प्राथमिकता दिई सोको स्तरोन्नति गरी खेलाडीमैत्री खेलमैदान निर्माणका लागि आवश्यक सहयोग गर्ने उनले बताए । पालिकाको सीमित स्रोत र साधनको उपयोग गर्दै सबै वडामा समानुपातिक विकास निर्माणका कार्य गर्दै आएको जनाए ।
नगर उपप्रमुख देवी अर्यालले स्वास्थ्य, सुरक्षा, एकता, अनुशासनका लागि खेलकुद आवश्यक रहनेमा जोड दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत पहिचान दिलाउन सुझाव दिइन् ।

फाइनलमा कोल्मा एफसीलाई ६–५ गोलअन्तरले पराजित गर्दै होराइजनले उपाधिसहित १ लाख जित्यो

कार्यक्रममा वडाध्यक्ष जुद्धबहादुर थापा, एन्फा जिल्ला अध्यक्ष मुक्त राना, मातृभूमि विद्यालय व्यवस्थापन समिति अध्यक्ष ख्यामनारायण अधिकारी, रेडक्रस सोसाइटी जिल्ला उपसभापति लक्ष्मी थापा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

स्मृति युवा क्लब अध्यक्ष भीम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य शेषराज सुवेदीले स्वागत एवं सचिव मीनप्रसाद अर्यालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा पोखरामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । मंसिर…
  • २५ औं आदर्श कप

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    लेखनाथ । पोखरा २९, भण्डारढिकस्थित प्रस्तावित लेखनाथ रंगशालामा २५ औं संस्करणको आदर्श कप तयारी अन्तिम चरणमा पुगेको छ । यही…

hero news full width

trending post

ट्रेन्डिङ्ग