एमाले पोखरा महानगर अधिवेशनमा ५ सय प्रतिनिधि

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
CPNUML Pokhara logo

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीको दोस्रो नगर अधिवेशन शनिबारदेखि सुरु हुँदैछ । पोखरा सभागृहमा २ दिनसम्म चल्ने अधिवेशनका लागि करिब ५ सय जना प्रतिनिधि छानिएका छन् ।

राज्य पुन संरचनासँगै एमालेले ७ सय ५३ स्थानीय तहमा नै पालिका कमिटी गठन गरेको थियोे । एमाले पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनको लागि वडा, जनवर्गीय संगठनबाट प्रतिनिधि चयन गरिएको छ । जसमा १ सय १६ सदस्यीय आयोजक कमिटी, ४८ सदस्यीय सल्लाहकार समिमि, वडा कमिटी २ सय ९६, जनवर्गीय संगठनबाट ३७ समेत गरी कुल ४ सय ९७ जना प्रतिनिधि रहने छन् ।

अधिवेशनको पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपछि बन्दसत्रका कार्यक्रम समेत पोखरा सभागृहमै सञ्चालन हुने छन् ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव १÷१ जना, उपसचिव २ जनासहित १ सय १ सदसयीय कमिटी निर्वाचित हुने एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले बताए ।

यसैबीच, कमिटीले अधिवेशनको लोगो सार्वजनिक गरेको छ । पोखरा झल्किने उक्त लोगोमा एमालेको पार्टीको झन्डा, चुनाव चिन्ह, माछापुच्छ«े हिमालको दृश्य समावेश छ ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width