पोखरा । माछापुच्छ्रे–२, खादरजुङस्थित वाराही आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । कक्ष नर्सरीदेखि ५ सम्म अध्ययन गर्ने ४८ जना विद्यार्थीलाई पोखराको कुमुदिनी होम्स इङ्लिस बोर्डिङका अध्यक्ष अशोक पालिखेमार्फत कुवेरा फाउन्डेसन, जर्मन अध्यक्ष कुवेराबाट प्रदान गरिएको पोशाक वितरण गरिएको हो ।
खादर्जुङमा जन्ममै भुर्जुङखोलामा बसोबास गरी हाल मलेसियामा कार्यरत् समाजसेवी लेखबहादुर गुरुङका धर्मपत्नी मनसुबा गुरुङको प्रमुख आतिथ्यमा विद्यार्थीलाई जुत्ता, मोजा र टाइबेल्ट वितरण गरिएको हो ।
कार्यक्रममा न्यून दृष्टि भएका ३ जना विद्यार्थी अञ्जना सिर्पाली, दीपेश चेपाङ, समीक्षा गुरुङलाई छात्रवृत्ति स्वरुप प्रतिविद्यार्थी ८ हजार प्रदान गरियो ।
कार्यक्रममा नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीबाट सहयोगीदाता लेखबहादुर गुरुङबाट यसअघि पनि विद्यालयमा कम्पाउन्डिङ, २ थान ल्यापटप, करिब ३ लाख बराबरको पोसाक, झोला, स्टेसनरी, पिउने पानी, २ कक्षा कोठा र अफिस कोठामा कार्पेटिङ लगायतमा सहयोग भएको थियो ।
कुमुदिनीले ८ वर्षदेखि विद्यार्थीलाई पोशाक शिक्षक तालिम खेलकुद सामग्री स्टेसनरी, दिवा खाजा, आखाजाँच, चस्मा, औषधी लगायतमा सहयोग भएको थियो । कार्यक्रममा एसियन जुत्ता पसलका सञ्चालक लीलाबहादुर क्षत्रीले जुत्ता वितरण गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रअ रामप्रसाद आचार्यले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व
विद्यालय खेलकुद महासंघमा कृष्ण
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१