पोखरा । मादी गाउँपालिकामा पालिकास्तरीय बालसञ्जालका पदाधिकारी केन्द्रित बालअधिकारसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष देवीजङ गुरुङले बालबालिकासँग सम्बन्धित अनेकौ चुनौती रहे तापनि पालिकाले आगामी आर्थिक वर्षको बजेट योजनाको क्रममा रहेकाले बालबालिकाको क्षेत्रमा पनि पर्याप्त बजेट विनियोजन गर्ने बताए । उनले पालिका सदा नमुना बालसञ्जाल रूपमा पहिचान बनाउन तत्पर रहेकाले बालबालिकासँग सम्बन्धित समस्या तथा आवश्यकताबारे समयमै पालिकामा जानकारी गराउनुसमेत अनुरोध गरे ।
गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले सञ्जालका पदाधिकारी र अन्य बालबालिकालाई आफ्नो पहिचान, अनुशासन र इमानदारितालाई पहिचान गरेर भविष्यको असल नेतृत्वकर्ता बन्न सुझाव दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले बालसञ्जालको सफल कार्यकालको शुभकामना दिँदै अधिकारसँगै कर्तव्य पालनामा जोड दिन सुझाव दिए ।
याङ्जाकोटमा २ दिनसम्म सञ्चालित अभिमुखीकरणमा राष्ट्रिय बालअधिकार परिषद्, गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले भने सहजीकरण गरेका थिए । मादी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गुड नेवर्स इन्टरनेसनल नेपाल र नौलो घुम्ती नेपालको साझेदारी रहेको थियो ।
बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने राष्ट्रिय नारा आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा पालिकाका १२ वटै वडाका १३ विद्यालयका २६ बालबालिका तथा बाल क्लब संरक्षक शिक्षकको सहभागिता थियो ।
बालबालिकासम्बन्धी नियमावली २०७८ परिच्छेद २ बमोजिम गठित १३ सदस्यीय पालिकास्तरीय बालसञ्जाल पदाधिकारीको काम, कर्तव्य र अधिकारको विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । धनुवास कालिका मावि मादी ७ का बालसञ्जाल अध्यक्ष रेनिशाकुमारी शाहीले अभिमुखीकरण लाभदायक रहेको बताइन् । कार्यक्रम सञ्चालन पालिकाका बालकल्याण अधिकारी कर्णकुमारी गुरुङले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
भवन निर्माण आचारसंहिता प्रशिक्षण
दीपक समीप पुरस्कृत
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१