पोखरा । नेपाली कांग्रेस कास्कीले प्रशिक्षण सप्ताह कार्यक्रम सुरु गरेको छ । ७ दिनसम्म चल्ने प्रशिक्षण प्रत्येक दिन ३ सत्रमा सञ्चालन हुने प्रशिक्षणका मूल संयोजक कांग्रेस कास्की उपसभापति एवं प्रशिक्षण शाखा संयोजक रामबाबु भण्डारीले बताए ।
पहिलो पत्रमा राजनीतिक साक्षरताको अर्थ र महत्व, कांग्रेसको आदर्शबारे छलफल हुनेछ । दोस्रो सत्रमा राजनीतिमा निष्ठाको महत्व, बिपी शिक्षाको महत्व र अर्थ, तेस्रो सत्रमा आफैँ माथिको लगानीका बारेमा प्रशिक्षण हुनेछ । सबै दिनको प्रशिक्षण पुरुषोत्तम दाहालले दिने पार्टी प्रवक्ता युवक लामिछानेले जनाए ।
पहिलो दिन बिहीबार जिल्ला, क्षेत्रीय, प्रदेश र पालिका कार्यसमितिका पदाधिकारी सहभागी थिए । प्रशिक्षण सहजीकरणका लागि पार्टीका सहसचिव नवीन सिग्देल संयोजक, कपिलमणि दाहाल र तारादेवी गुरुङ सदस्य रहेको समितिले सहजीकरण गरेका थिए ।
शुक्रबार कास्कीका ७२ वटै वडाका सभापति सहभागी हुनेछन् । यसका लागि सचिव भानु ढकाल संयोजक, सुरेन्द्र अधिकारी र विकास थापा सदस्य रहेको समितिले सहजीकरण गर्नेछन् ।
शनिबार कांग्रेसतर्फबाट निर्वाचित हुने जनप्रतिनिधि सहभागी हुँदैछन् । सो प्रशिक्षणमा सचिव देवेन्द्र रानाभाट संयोजक, धनमाया गुरुङ र वेदहरि तिमिल्सिना सदस्य रहेर सहजीकरण गर्नेछन् । आइतबार तरुण दल र नेविसंघका नेता कार्यकर्ता सहभागी हुनेछन् । जसमा सहसचिव शंकर ढुंगाना संयोजक, वर्षाकेशव पराजुली र दीपक गुरुङ (माइला) सदस्य रहेर सहजीकरण गर्नेछन् ।
सोमबार नेपाल दलित संघमा आवद्ध नेता कार्यकर्ता सहभागी हुनेछन् । यसका लागि प्रवक्ता युवक लामिछाने संयोजक, मनबहादुर लाम्गादे र सरिता तिमिल्सिना सदस्य रहेको समितिले सहजीकरण गर्नेछन् ।
मंगलबार नेपाल महिला संघका नेता कार्यकर्ता सहभागी हुनेछन् । जसमा उपसभापति युवराज कुँवर संयोजक, सीता गुरुङ र मीना पाण्डे सदस्य रहेको समितिले सहजीकरण गर्नेछ ।
अन्तिम दिन बुधबार नेपाल जनजाति महासंघमा आवद्ध नेता कार्यकर्ता सहभागी हुनेछन् । कोषाध्यक्ष माइकल कर्माचार्य संयोजक, चौबहादुर गुरुङ र आशबहादुर गुरुङ सदस्य रहेको समितिले सोको सहजीकरण गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१