पोखरा । गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति लगत्तै प्रदेश सभाको बैठक बस्ने भएको छ । प्रदेश सभा सचिवाललयले सूचना जारी गरी जेठ १७ गते बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने भएकाले उपस्थितिका लागि सदस्यहरुलाई आग्रह गरेको छ ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको आग्रह अनुसार नै प्रदेश सभाको बैठक डाकिएको सचिवालय स्रोतले जनाएको छ । बजेटको सिद्धान्त र प्राथमिकता र प्रस्तुत गर्नका लागि प्रदेश सभाको बैठक डाकिएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक भने बिहीबार बिहान नै बस्ने भएको छ ।
जेठ १५ गते दिनको १ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएकासम्मका लागि स्थगित भएको थियो । यसअघि प्रदेश सभाको बैठक जेठ ११ गते बसेको थियो । बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न भनेर बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेस र विपक्षी दल राप्रपाका सांसद अनुपस्थित भएपछि ५ मिनेट बसेर स्थगित भएको थियो ।
सामान्य अवस्थामा बजेट पेस हुनुभन्दा १५ दिन अगावै बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस गर्नुपर्ने हुन्छ । प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने प्रावधान छ । तर राजनीतिक उथलपुथलले प्रदेशको बजेट अलपत्र परेको छ ।
वैशाख २३ मा मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै परेको रिटमा सर्वोच्चले सोमबार फैसला सुनाएको छ । सर्वोच्चले अधिकारीलाई पदमुक्त गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ । जस अनुसार आजै कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१