कांग्रेसका सुरेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको शपथ लिने, सर्वोच्चको पत्र कुर्दै प्रदेश प्रमुख

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
cm surendraraj pande

फाइल फोटो

पोखरा । गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आज नियुक्ति लिएर शपथ ग्रहण गर्ने भएका छन् सर्वोच्च अदालतले सोमबार प्रदेश प्रमुखका नाममा परमादेश जारी गर्दै ४८ घन्टाभित्र पाण्डेलाई संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न भनेको थियो ।

प्रदेश प्रमुखको कार्यालयमा सर्वोच्चको पत्र नआइपुगेका कारण नियुक्ति र शपथको समय भने तोकिएको छैन । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले पत्र पाएलगत्तै शपथको कार्यक्रम तय गरिने बताए । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा समेत पदभार ग्रहणको तयारी गरिएको छ । सर्वोच्चको पत्र ल्याउन कांग्रेसका एक सांसद काठमाडाैंमै छन् ।

उपधारा ३ मा ‘प्रदेश सभाको निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने छ,’ भनिएको छ ।

उक्त उपधारा अनुसार अब प्रदेश प्रमुखले उनलाई नियुक्ति दिँदै शपथ गराउने छन् । मुख्यमन्त्रीले आजै केही मन्त्रीसहित शपथ लिने बताइएको छ । दीपक मनाङे र राप्रपाका एकजनालाई मन्त्री बनाउने भनिए पनि यसबारेमा हिजो बसेको कांग्रेस संसदीय दलको बैठकमा केही कुरा उठेको छैन । पाण्डेको अघिल्लो पालामा मन्त्री भएकाहरुलाई दोहो¥याउन नहुने कांग्रेसकै सांसदहरुको भनाइ छ । अघिल्लो पटक कांग्रेसबाट सरस्वती अर्याल तिवारी, महेन्द्रजध्वज जिसी र जीतप्रकाश आले मन्त्री भएका थिए ।
शपथ गरेपछि मुख्यमन्त्रीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

१६८ को ३ अनुसार बन्ने कांग्रेस सरकारलाई बहुमत पुग्न भने कठीन छ । कांग्रेसको २७, स्वतन्त्र सांसद मनाङेको १ र राप्रपाको २ गर्दा ३० मत हुन्छ । नपुग्ने १ मत हो । माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकाटाले अहिलेको अवस्थामा कांग्रेसलाई मत दिने देखिँदैन । माओवादी संसदीय दलको बैठकमा आउन छाडे पनि उनलाई ह्विप त्यहि दलकै लाग्छ ।

उक्त समयमा ३१ सांसद आफ्नो पक्षमा पुर्‍याउन नसकेमा पाण्डे स्वतः पदमुक्त हुन्छन् । त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width