पोखरा । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त मुख्यमन्त्री खगराज अधिकारीले सरकारी निवास छाडेका छन् । सोमबारै निजी निवासमा सुतेका अधिकारीको सचिवालयले आज सरकारी निवासमा रहेका आफ्ना सामान सारेर चाबी समेत कार्यालयलाई बुझाएको छ ।
मुख्यमन्त्रीले पाउने सुविधाको गाडी उनले हिजै फिर्ता गरिदिएका थिए । गणतन्त्र दिवसका अवसरमा मंगलबार बिहान आयोजित समारोहमा उनले आफू पदमा लिप्त हुन चाहाने व्यक्ति नभएको र नियमविपरीत गएर कुनै सुविधा नलिने बताए । उनले भने, ‘सर्वोच्चको आदेश आउँदा म पोखराकै खहरेमा थिएँ, अर्को मुख्यमन्त्रीले शपथ नलिएसम्म मैले सुविधा लिएको भए पनि हुनेथियो, तर त्यसो गरिन, सरकारी गाडी हिजै फिर्ता गरिदिएँ । आज पैदलै आएको छु ।’
स्वास्थ्यमन्त्री र गृहमन्त्री हुँदा पनि आफूले अतिरिक्त सुविधा नलिएको दाबी गर्दै उनले पेन्सन र पजेरो कान्डमा आफू नफँसेको स्पष्टीकरण दिए । गृहमन्त्री हुँदा सुराकी वापतको रकम र पिए समेत नलिएको दाबी उनको थियो । उनी संघीय सरकारमा १३ दिन गृहमन्त्री भएका थिए । सर्वोच्चले कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि केपी ओली नेतृत्व सरकार ढलेसँग अधिकारी स्वतः पदमुक्त भएका थिए ।
पूर्व मुख्यमन्त्रीको हैसियतमा आफूले कुनै अतिरिक्त सुविधा नलिने र यसमा कुनै चिन्ता नलिन अधिकारीले प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेततर्फ इंगित गर्दै भने । ‘मैले विपक्षी दलको नेताका हैसियतमा पाउने सुविधा लिन्छु, त्यसवाहेक केही लिन्न,’ उनले भने । उनी पछिल्लोपटक चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अघिल्लोपटक पनि उनी १ सय ५ दिन मुख्यमन्त्री बनेका थिए ।
Related News
सम्बन्धित समाचार
देशभरका कानून व्यवसायी पोखरामा
देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१