सिक्लेसमा पशु स्वास्थ्य शिविर, २ लाख रुपैयाँको औषधी वितरण

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८१
nelta (1)

पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) कास्कीको संयुक्त आयोजनामा मादी गाउँपालिका –१ सिक्लेसमा पशु स्वास्थ्य शिविर तथा निशुल्क औषधी वितरण कार्यक्रम भएको छ ।

गणतन्त्र दिवसको अवसरमा मंगलबार सञ्चालन गरिएको कार्यक्रममा सिक्लेसका करिब २ सय जना किसानका २ हजार पशुपन्छीलाई २ लाख बराबरको औषधी निशुल्क वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोदत्त बरालले किसानका लागि यस्ता कार्यक्रम निकै प्रभावकारी हुने गरेको बताए । उनले किसानका निम्ति कृषि र पशुधनको व्यावसायिक खेतीपाति गर्नु आवश्यक रहेको बताए ।

कास्कीमा रहेका किसानहरुको आवश्यकतालाई मध्यनजर गर्दै यस खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको नेल्टा कास्कीका अध्यक्ष वसन्तराज कोइरालाले बताए । आगामी दिनमा समेत किसानको हित हुने कार्यक्रम ल्याउने प्रतिबद्धता उनले जनाए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य एवं प्रचारप्रसार प्रमुख रमेश पौडेल, नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवर, सचिव देवेन्द्र रानाभाट, सहसचिवद्वय नविन सिग्देल र शंकर ढुंगाना, सदस्य सुरेन्द्र ढुंगाना लगायत निजामती युनियन कास्की र नेल्टा कास्कीका कर्मचारीहरु एवं सिक्लेसका प्रतिनिधिहरुको सहभागिता थियो ।

नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद मन्तव्य युनियन कास्कीका सचिव सुमन शर्माले व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • कृषि हाट बजारले किसान र उपभोक्ता उत्साहित

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    लमजुङ । सुन्दरबजारमा सञ्चालित कृषि हाट बजारका कारण किसान र उपभोक्ता उत्साहित भएका छन् । सुन्दरबजार हाट बजार व्यवस्थापन समितिको…
  • २७ वर्षीय युवाको लोभलाग्दो नर्सरी

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    वालिङ । गल्याङ २, रैबारका एक युवाले विभिन्न प्रजातिका बेर्ना/बिरुवा बिक्री गरेर १० लाख बढी आम्दानी गरेका छन् । २७…
  • रैथाने बजारले उत्पादनमा प्रोत्साहन

    आदर्श समाज सम्वाददाता भाद्र ९, २०८१
    पोखरा । पर्यटनको रानधानी पोखराका रैथाने बजार सञ्चालनमा आएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाले शनिबारदेखि…
  • गड्यौंला पालेरै एउटै ब्याडबाट ३० हजार आम्दानी

    आदर्श समाज सम्वाददाता श्रावण २८, २०८१
    नवलपुर । नवलपुरको गैँडाकोटमा एउटा किसानले गड्यौला खेती गरेर एउटै ब्याडबाट दुई महिनामा ३० हजार रुपैयाँ आम्दानी गर्दैै आएका छन्…
  • पोखरामा तोकियो अनुदानको मलको मूल्य

    आदर्श समाज सम्वाददाता श्रावण १८, २०८१
    पोखरा, १८ साउन । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको…

hero news full width