पदमुक्त मुख्यमन्त्री अधिकारीको प्रश्न : एउटा बेन्चको निर्णय अर्को बेन्चले खण्डन गर्न पाउँछ ?

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८१
khagaraj

पोखरा । गण्डकीका पदमुक्त मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको एउटा बेन्चले गरेको निर्णय अर्को बेन्चले खण्डन गर्दा फुल बेन्च आवश्यक पर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आज आयोजना गरेको मुल समारोहमा बोल्दै अधिकारीले भने, ‘हिजो डिभिजन बेन्चले नै मलाई वैध बनायो, नियुक्ति ठिक छ भन्यो, त्यसकारण त्यो बेला खुसी हुने, अहिले त्यो बेलाको खण्डन गर्न अदालतको प्रक्रियामा पनि फुल बेन्च आवश्यक छ भन्ने मैले बुझेको हो । मैले संविधान निर्माण गर्दा बुझेको त्यहि हो । व्याख्या गर्नेले त्यसलाई खण्डन गर्न अर्को फुलकोर्ट पनि चाहिनुपर्ने हो, कि मैले बुझिन, बुझ्ने कोसिस गर्ने छु ।

संवोधनका क्रममा उनले भनेका छन् 
संसदमा हाम्रो प्रष्ट बहुमत छ । ३१ जना हामी छौं । सभामुखलाई मतदान गर्ने अधिकार संविधानको धारा १८६ ले दिएको छ, निर्णायक मत । त्यो निर्णायक मतको निरुपण गर्ने काम, व्याख्या गर्ने जिम्मेवारी सर्वोच्च अदालतले पाएको छ । उसले व्याख्या किन गरेन भनेर गुनासो गर्ने ठाउँमा छैन र गर्दिन पनि । हरेक अदालतका निर्णयहरु पालना गर्दै आएको राजनीतिकर्मी हुँ ।

संविधानलाई साधक बनाउनुपर्छ, बाधक बनाउनुहुन्न भन्दै आएका हौं हामीले । संविधान बनाउने बेलाको स्वास्थ्य मन्त्री म हुँ, मलाई राम्ररी थाहा छ । निर्णायक मत बराबर भएको बेलामा मात्र प्रयोग गर्ने हो, ६० जना भएको ठाउँमा बराबर हुँदैन भन्ने दुनियाले बुझेको छ । त्यसैले गणतन्त्र दिवसको यस उपलक्ष्यमा म यहाँ आइरहँदा, कसै कसैले मलाई कति लिप्सा भएको भन्छन् भनेर प्रष्ट पार्नुपर्ने भएको छ आज ।

तर मलाई लिप्सा छ गणतन्त्रप्रति, संघीयताप्रति, समावेशिताप्रति, सामानुपातिकताप्रति, म यो कुर्सीमा हिजोसम्म बसेको हो, आज बसेको छैन, यस्तो हुनुहुँदैन । स

पथ ग्रहण नगरुन्जेलसम्म, अर्को मुख्यमन्त्री नआइन्जेलसम्म काम चलाउ मुख्यमन्त्री हुन्छ र अदालतले यो व्याख्या किन गरेन, अहिले पदमुक्त गर्ने र बहाली गर्ने मुख्यमन्त्रीज्यूलाई पनि उसले किन संवोधन गरेन, यो पनि प्रश्नचिह्न भित्रै पर्छ कि पर्दैन रु मैले आफ्नो मनभित्र प्रश्न उठाएको छु ।

१ महिनापछि फेरि त्यहि परिस्थिति आउँछ कि आउँदैन, मैले बुझेको छैन । त्यसकारण, म यतातिर कटाक्ष गर्न पनि चाहान्न, तर राष्ट्र सेवकहरुले म संविधानअनुसार अदालतले नै निर्णय गररे, विश्वासको मत लिने ठाउँमा पुगेर त्यो विश्वासको मतका बारेमा अदालतले निर्णय गर्दा मिलेन भन्यो ।

हिजो डिभिजन बेन्चले नै मलाई वैध बनायो, नियुक्ति ठिक छ भन्यो, त्यसकारण त्यो बेला खुसी हुने, अहिले त्यो बेलाको खण्डन गर्न अदालतको प्रक्रियामा पनि फुल बेन्च आवश्यक छ भन्ने मैले बुझेको हो । मैले संविधान निर्माण गर्दा बुझेको त्यहि हो । व्याख्या गर्नेले त्यसलाई खण्डन गर्न अर्को फुलकोर्ट पनि चाहिनुपर्ने हो, कि मैले बुझिन, बुझ्ने कोसिस गर्ने छु, अदालतप्रति मेरो उच्च सम्मान छ । हरेक आदेशहरु पालना गर्ने गणतन्त्रको यो पक्षमा म उभिएको छु । यस्ता निर्णयहरु समान हैसियतका बेन्चहरुले फरक फरक निर्णय गर्दा अराजकता आउँछ कि आउँदैन, मैले बुझ्या छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width