पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ ।
न्याायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार उक्त ठहर गरेको हो ।
गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख समेत ५ जनालाई विपक्षी बनाई गत २५ वैशाखमा उत्प्रेषण रिट दायर गरेका थिए ।
गत २३ वैशाखमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने बेलामा सभामुख कृष्णप्रसाद धितालले अधिकारीले प्राप्त गरेको ३० मतलाई नै विश्वासको मत प्राप्त गरेको भनी सदर गरेका थिए । जबकि ६० सदस्यीय प्रदेशसभामा ३१ बहुमत हो ।
सो विरुद्ध पाण्डे सर्वोच्च गएकोमा २८ वैशाखमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गरी मुख्यमन्त्री खगराज अधिकारीलाई कामचलाउ बनाइदिएको थियो ।
गत २५ चैतमा सभामुखसमेतको समर्थनमा मुख्यमन्त्रीको दाबी गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो कार्यकालका लागि नेपालको संविधान १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१