गण्डकी सरकारविरुद्धको मुद्दाको पेसी आज, आदेशको पर्खाइ

आदर्श समाज सम्वाददाता
जेठ १४, २०८१
sarkar by prakash Khagraj Adhikari

पोखरा । गण्डकी सरकार सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिटको पेसी आज परेको छ । न्याायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा बहस नसकिएपछि गत बुधबार उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अघिल्लो मंगलबार पनि न्यायाधीश रेग्मी र पोखरेलको इजलासले हेर्दाहेर्दैमा राखेर बुधबारका लागि पेसी तोकिएको थियो ।

गण्डकीमा सरकार र प्रतिपक्ष दुवैले अहिले सर्वोच्चको आदेश कुरेर बसेका छन् । आदेशकै पर्खाइमा प्रदेश सभाको बेठक समेत प्रभावित भएको छ । असार १ गते प्रदेशको बजेट ल्याउनुपर्ने र त्यसको १५ दिन अघि बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नुपर्ने प्रावधान छ । यसका लागि प्रदेश सभाको बैठक भोलिलाई बोलाइएको छ ।

गत बुधबार प्रतिवादीका तर्फबाट १५/१६ जनाले बहस गरेका थिए । अझै केही बाँकी रहेकोले बहस नटुंगिँदा न्यायाधीशले हेर्दाहेर्दैमा राखेका हुन् । आज बहस सकिएपछि आदेश आउने बहसमा संलग्न कानुन व्यवसायीहरु बताउँछन् ।

गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख समेत ५ जनालाई विपक्षी बनाई गत २५ वैशाखमा उत्प्रेषण रिट दायर गरेका थिए ।

गत २३ वैशाखमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने बेलामा सभामुख कृष्णप्रसाद धितालले अधिकारीले प्राप्त गरेको ३० मतलाई नै विश्वासको मत प्राप्त गरेको भनी सदर गरेका थिए । जबकि ६० सदस्यीय प्रदेशसभामा ३१ बहुमत हो ।

सो विरुद्ध पाण्डे सर्वोच्च गएकोमा २८ वैशाखमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गरी मुख्यमन्त्री खगराज अधिकारीलाई कामचलाउ बनाइदिएको थियो ।

गत २५ चैतमा सभामुखसमेतको समर्थनमा मुख्यमन्त्रीको दाबी गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो कार्यकालका लागि नेपालको संविधान १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width