‘किसानले बिरुवाको भाषा बुझ्नुपर्छ’

आदर्श समाज सम्वाददाता
जेठ १२, २०८१
narc progrem

पोखरा ।  कृषकले बिरुवाको भाषा बुझ्न सक्नुपर्नेमा जोड दिइएको छ ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाइ नार्क खुमलटारको आयोजनामा शुक्रबार लुम्लेमा भएको प्रगति समीक्षा, समस्या पहिचान तथा अनुसन्धान क्षेत्र प्राथमिकीकरण सम्बन्धी कार्यशालाका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

उनीहरुले व्यावसायिक किसानले बिरुवाको अवस्था हेरी गोडमेल, सिचाइ, रोग किराको नियन्त्रण लगायतमा विशेष ध्यान दिनुपर्ने जनाउँदै त्यसबाट नै आर्थिक समृद्धि हासिल हुने औंल्याए ।

गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा. टंकप्रसाद प्रसाईंले नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन आयोजनाको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्दै कृषिमा रुपान्तरण आवश्यक रहेको सुनाए । उनले आयोजनाका गतिविधिलाई द्रुतरुपमा अगाडि बढाउनुपर्ने जनाउँदै बाँदर नियन्त्रण गरी बाँझो जमिनको सदुपयोग गर्न सके नेपालले कृषिमा फड्को मार्न सक्ने औंल्याए।

सचिव डा.प्रसाईले अनुसन्धान तथा विकासलाई सँगसँगै लैजाने सके देशले छिट्टै समृद्धि हासिल गर्ने विश्वास लिदै सबै मिली अनुसन्धानमा रकम बढाउन उच्च तहलाई खबरदारी गर्नुपर्ने धारणा राखे ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का योजना तथा समन्वय निर्देशक डा.लुमानिधि पाण्डेले कृषि क्षेत्रको विकासमा नार्क निरन्तर लागिरहेको जनाउँदै कृषिको महत्व आम जनतासमक्ष बुझाउनुपर्ने स्पष्ट पारे । ‘किसानले कर्म गरेन भने कोही पनि बाच्दैनः यो संसारकै सबैभन्दा महान् कार्य कृषि हो, किसान भएकोमा गर्व गर्ने संस्कारको विकास गर्नुपर्दछ उनले भने ।’

आयोजना प्रमुख अमरबहादुर पुनले आफूहरुले थुप्रै कार्यक्रम गरेको जनाउँदै त्यसलाई विभिन्न माध्ययम मार्फत् जनताको तहसम्म पु¥याउने प्रतिबद्धता जनाए । उनले नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन आयोजनाले भूमिका खेल्ने विश्वास दिलाए ।

फलफूल विज्ञ सुर्य पाण्डेले कृषि क्षेत्रको विकासमा वाली विज्ञानको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उत्पादन, प्रशोधन तथा बजारीकरणबीच तालमेल गराउन सक्नुपर्ने जनाए ।उनले नेपाल कृषि अनुसन्धान परिषद्मा वैज्ञानिक तथा कर्मचारी अभाव हुदाँ अनुसन्धानको पाटो सोचे अनुसार अगाडि बढ्न नसकेको स्पष्ट पारे ।

अर्का फलफूल विज्ञ भैरवराज कैनीले किसानले प्राविधिकले भनेको कुरा मान्नुपर्ने जनाउँदै रासायिनीक मलको अधिक प्रयोग हानीकारक हुने औँल्याए ।उनले सफल कृषकले विरुवाको भाषा आफै बुझन् तर्क गर्दै जलवायु परिवर्तनसँग जुझ्ने गरी तयारी थाल्न किसानलाई सुझाए ।

धनकुटाका किसान नरेन्द्र घिमिरेले पहाडी जिल्लामा फलफूलको विकल्प नभएको स्पष्ट पार्दै नार्कबाट निकालिएको अनुसन्धानको निष्कर्ष किसान समक्ष नपुगेको गुनासो पोखे।

त्यस अवसरमा नेपालको फलफूल क्षेत्रलाई लक्षित गरी विभिन्न ४ समूहमा छलफल भए ।छलफलबाट निस्केको निष्कर्ष फलफूल विज्ञ युवराज भुषाल, डा.सूर्यप्रसाद पाण्डे, डा.उमेशकुमार आचार्य, यमकुमारी श्रेष्ठ र डा. गिरीधारी सुवेदीले प्रस्तुत गरे।

उनीहरुले गुणस्तरीय विरुवा उत्पादन तथा वितरणमा अपुगता रहेको, उन्नत जातहरु नभएको, फलफूल विस्तार तथा व्यवसायीकरण गर्दा आवश्यक लगानीमा कमी रहेको सुनाउँदै समस्यामा आधारित भई अनुसन्धान गर्नुपर्ने धारणा राखे।

आयोजनाले गुणस्तरीय फलफूलको उत्पादन तथा उत्पादकत्व वृद्घि गर्ने, फलफूल उपभोगस्तर बढाई सर्वसाधारणको पोषण अवस्थामा सुधार गर्ने, सम्भाव्य फलफूलमा आत्मनिर्भरता÷आयात प्रतिस्थापन गर्ने, फलफूल उद्योगका लागि कच्चा पदार्थ आपूर्ति गर्ने तथा फलफूल क्षेत्र विस्तार गर्ने कार्य गरिरहेको छ ।
आयोजना प्रमुख पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रम वरिष्ठ प्राविधिक अधिकृत सुप्रभा पाण्डेले संचालन गरिन्।

Related News

सम्बन्धित समाचार

  • ‘किसानका समस्यामा अनुसन्धान गरौं’

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । किसानको खेतबारी तथा गोठमा रहेका समस्याकेन्द्रित गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रवद्र्धन परियोजनाको…
  • राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा गत वर्ष नेपालमै पहिलोपल्ट सुन्तला महोत्सव भयो । उक्त महोत्सवले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा उत्तिकै चर्चा पायो ।…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • विदेश छोडेर कागती खेती

    रामकुमार श्रेष्ठ कार्तिक ७, २०८१
    नवलपुर । कावासोती नगरपालिका १७, गोछडाटार निवासी सागर लम्साल विदेशको जागिर छाडेर स्वदेशमै एक बिगाहा क्षेत्रफलमा कागती खेती गरेर रमाएका…
  • चालीस रोपनी जग्गामा सयपत्री फूलखेती

    रासस कार्तिक ६, २०८१
    दमौली । किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न…

hero news full width