पोखरा । डिभाइन युथ क्लब नेपाल कास्की र श्यामाश्याम सत्संग पोखरा, न्युरोड शाखाको संयुक्त आयोजनामा शनिबार खुला रक्तदान भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको प्रविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ५१ जना रक्तदाताले रक्तदान गरेका थिए ।
रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी सुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि उद्योगपति एवं समाजसेवी सुशीलकुमार गोशलीले युवाहरुमा संस्कार र आचरण हराउँदै गएको अवस्थामा राधे राधे परिवारले डिभाइन युथ क्लब मार्फत् युवाहरुलाई असल संस्कार र आचरण सिकाउँदै उनीहरुलाई सेवामा अग्रसर गराएकोमा आफूलाई निकै खुसी महसुस हुने गरेको बताए ।
क्लबको सेवा कार्यको प्रसंशा गर्दै रक्तदाताहरुलाई धन्यवाद् दिए ।
डिभाइन युथ क्लब कास्कीका संयोजक शुकदेवा गुरुङको अध्यक्षतामा सञ्चालित कार्यक्रममा युआरएल पोखराका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्त, श्यामा श्याम सत्संग केन्द्र पोखराका उपाध्यक्ष ध्रुवराज पराजुली, विद्वत समाज नेपाल एवं विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिथिहरुको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१