२ सय ७५ जनाको मधुमेह र टिजी जाँच

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
url (1)

पोखरा । पावर हाउस बजार व्यवस्थापन समितिको आयोजनामा पोखरा २९ र ३० का बासिन्दाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । शिशुवास्थित युआरएल शिशुवा डायग्नोसिस प्रालिको प्राविधिक सहयोगमा बिहीबार भएको शिविरमा २ सय ७५ जनाको सित्तैमा जाँच गरिएको हो ।

न्युरोडमा रहेको युआरएल र यसका शाखाहरुले विभिन्न संघसंस्था सहकार्यमा आयोजना गरेको यो १७२ औं शिविर हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले मधुमेह, टिजी जस्ता रोग नियन्त्रणमा राखे मानिस पूरै जीवन बाच्न सक्ने जनाउँदै हेलचेक्रयाइँ गरे ज्यानै जान सक्ने औंल्याए ।

पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले सरकारले गर्नुपर्ने खालको काम बजार समितिले गरेको भन्दै धन्यवाद दिए । यसखालका कार्यक्रम वडाले पनि भविष्यमा गर्ने उनले उल्लेख गरे । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले अहिलेसम्म विभिन्न संघ, संस्थासँग सहकार्य गरी भएका १७२ शिविरबाट २ लाखभन्दा बढीले सित्तैमा सेवा पाएको जानकारी दिए । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स र एकमात्र आइएसओ प्राप्त ल्याब भएकाले सामाजिक उत्तरदायित्व निर्वाहमा पनि युआरएल पहिलो नै बनिरहेको जनाए ।

संस्थाका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघ महासचिव जानुकादेवी अधिकारी, समितिका वरिष्ठ सल्लाहकार शेरबहादुर गुरुङ,. उपाध्यक्ष राजेन्द्र पौडेल, सचिव विवेक बराल लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…

hero news full width