लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ आयोजनामा १९ औं लेखनाथ महोत्सवमा टिकट काट्नेदेखि स्टलमा हुने खरिद बिक्रीसम्म सूचना प्रविधिको भरपूर प्रयोग गरिने भएको छ ।
समयको माग, दर्शकको भिड र सुरक्षालाई मध्यनजर गर्दै विशेषत युवा, विद्यार्थी वर्गलाई लक्षित गरी डिजिटल बालेट इ–सेवाबाट नै टिकट काट्ने व्यवस्था मिलाइएको छ भने स्टलमा खरिद बिक्रीको लागि पनि क्यूआर कोड व्यवस्था मिलाइएको सूचना प्रविधि व्यवस्थापन उपसमिति संयोजक इ. विजय न्यौपानेले बताए । ‘विगतमा लाइनमै बसेर टिकट काट्नुपर्ने अवस्था थियो भने स्टलमा पनि सिमित मात्रामा मात्र डिजिटल कारोबार हुने गर्दथ्यो । यसपटक इ–सेवासँग सहकार्य गरी डिजिटल कारोबार व्यवस्था गरेका छौं, यसबाट समयको बचत र सुरक्षा चुनौतीसमेत न्युन हुनेछ,’ संयोजक न्यौपानेले भने ।
महोत्सवमा सहकार्य गर्ने विषयमा महोत्सवतर्फबाट इ. न्यौपाने र इ–सेवातर्फबाट गण्डकी प्रदेश इन्चार्ज विनोद बोहरा क्षत्रीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसबाहेक महोत्सवमा सूचना प्रविधि प्रदर्शनी, फ्रि वाईफाई जोन, ४०÷४५ स्थानमा सिसी क्यामेरा जडान गरिने संयोजक न्यौपानेले बताए ।
महोत्सवका संयोजक विनोद श्रेष्ठले महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका लघु, घरेलु, सानाठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालयस्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रम हुने बताए । उनले यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने बताउँछन् ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा पुस ५ देखि १६ सम्म सञ्चालन हुने महोत्सवको प्रचार तीव्र पारिएको प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले बताए ।
महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रालिले मुख्य प्रायोजन गरेको महोत्सव सहसंयोजक एवं प्रायोजक व्यवस्थापन तथा उपसमिति परिचालन समिति संयोजक राजेन्द्र ओझाले बताए ।
Related News
सम्बन्धित समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
पोखरा फेलोसिप च्याम्पियन
सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई
hero news full width
मुख्य समाचार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१