राष्ट्रपति रनिङ सिल्ड उपाधि सिर्जनालाई

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०८०
annapurna sports
पोखरा ।  अन्नपूर्ण गाउँपालिकामा भएको चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधि सिर्जना माविले हात पारेको छ । सिर्जनाले १६ विद्यालयलाई पछि पार्दै उपाधि हात पारेको हो ।
११ स्वर्ण, ३ रजत तथा ६ कास्य सहित सिर्जनाले रनिङ सिल्डको उपाधि चुमेको हो । योसँगै सिर्जनाले लगातार तेस्रो पटकसम्म रनिङ सिल्डको उपाधि आफ्नो पक्षमा पा¥यो । उपाधि चुमेसँगै सिर्जनाले १५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पायो ।
त्यस्तै ९ स्वर्ण, ६ रजत र ४ कास्यसहित माछापुच्छे« मावि द्वितीय एवं २ स्वर्ण, ४ रजत र ४ कास्य सहित प्रगतिशील मावि तृतीय हुन सफल भए । ती विद्यालयले क्रमश १० हजार, ५ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएको शिक्षा अधिकृत बलराम भुगार्इंले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य दामोदर वैरागीले जीवनका खेलको महत्वपूर्ण भूमिका हुने औंल्याउँदै खेललाई अनुशासन पूर्वक सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले खेलमा पनि भविष्य देख्न प्रतियोगीलाई आग्रह गरे ।
गण्डकीका पूर्व खेलकुद मन्त्री राजीव गुरुङले पालिकाको खेल पूर्वाधार विकासमा प्रदेश मार्फत आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, नेपाल सरकारका सहसचिव विनोदबहादुर कुँवर, गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी लगायतले पनि धारणा राखे ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाले खेललाई महत्व दिर्दै आएको स्पष्ट पार्दै सहभागिलाई खेल जीवनको शुभकामना दिए । प्रतियोगितामा माछापुच्छे« मावि तथा मर्निङस्टार माविले व्यवस्थापकीय भूमिका निर्वाह गरे । पालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडाध्यक्ष पीताम्वर भण्डारीले स्वागत तथा शिक्षा अधिकृत भुगाईले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन…
  • पलेशालाई पोखरामा सम्मान गरिने

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पेरिस पारा ओलम्पिक–२०२४ मा ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई पोखरामा सम्मान…
  • पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र…
  • गण्डकी प्रदेश मुवाँथाई संघमा मिलन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । गण्डकी प्रदेश मुवाँथाई संघ अध्यक्षमा मिलन थापा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार प्रथम अधिवेशनले सम्पूर्ण कार्यसमिति…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…

hero news full width