बेपत्ता खोज्न सेती बाँध खोलिने

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०८०

पोखरा । मणिपाल अस्पतालबाट एक्कासि बेपत्ता भएका एक युवक खोजीमा बिहीबार पोखराको सेती बाँध खोलिने भएको छ । जिल्ला प्रहरी कार्यालयले कास्कीले बिहीबार दिउँसो १२ देखि ४ बजेसम्म पोखरा १६, दीपस्थित ड्याम खोलेर युवकको खोजीकार्य गर्ने भएकोले सो क्षेत्रमा सचेत हुन आग्रह गरेको छ।

तनहुँ घर भई हाल पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र २५ मंसिरमा अस्पतालको इमर्जेन्सी बार्डबाटै बेपत्ता भएका थिए । उनीसँगै गएको बाबु औषधि लिन गएको बेला सम्पर्कविहीन भएका र उनको लगाएको कपडा र परिचयपत्र मणिपाल नजिकैको सेती नदीको झोलुंगे पुलमा भेटिएकोले खोजीका लागि बाँध खोल्न लागिएको प्रहरीले जनाएको छ ।

सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बाँध खोल्दा सेतीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरपर काम गर्ने तथा आवतजावत गर्नेलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको बताए।

Related News

सम्बन्धित समाचार

  • पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र…
  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…

hero news full width