सिद्धार्थ गौतम सहकारीको सभा

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०८०
Siddharta Gautam Sahakari Photo 1

पोखरा  । पोखरा १२ उपकार मार्गमा प्रधान कार्यालय रहेको सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा बुधबार भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीमा सेयर सदस्यबीच सहकार्य जरुरी रहेको बताए । ‘सहकारी भनेकै सहकार्य हो । सेयर सदस्यबीच सहमति र सहकार्य भयो भने संस्था राम्रो हुने हो,’ उनले भने । पछिल्ला समय केही सहकारीका कारण धेरैलाई गाह्रो भएको उनले बताए । सहकारीले ७ सिद्धान्तसँगै मूल्य र मान्यतामा रही काम गरे सदस्यहरुको विश्वास जित्न सक्ने उनको भनाइ थियो ।

महानगरको सहकारी समितिले पोखराभित्र रहेका सहकारीहरूको हितमा काम गरिरहेकाले आगामी दिनमा अझै प्रभावकारी काम गर्ने उनले बताए । ‘कास्कीमा ७ सय सहकारी छन् । ती मध्ये ३ सय ६८ पोखरा महानगरपालिकाभित्र छन्,’ उनले भने, ‘ती सहकारीहरुको उजुरी, गुनासा सुनुवाई गर्दै समाधानको पाटोमा हामी लागिपरिरहेका छौं ।’ अन्य सहकारीमा विश्वास घट्दै गएको अवस्थामा सिद्धार्थ गौतममा विश्वास बढ्दै गएकोमा उनले खुसी व्यक्त गरे । सहकारीलाई व्यवस्थित बनाउन महानगरले अनुगमन र नियमनलाई अझै प्रभावकारी बनाउने गरी अघि बढाएको उनले सुनाए । उनले बचत गर्दा चिनेजानेको सहकारीमा मात्र कारोबार गर्न र सहकारीहरुलाई सदस्य नभएका व्यक्तिसँग कारोबार नगर्न सुझाव दिएका छन् ।

सहकारीले साधारण सभामा विभिन्न क्षेत्रमा योगदान दिने सेयर सदस्यलाई सम्मान गरेको थियो । यसरी सम्मानित हुनेमा ज्येष्ठ नागरिक सम्मानबाट खिमकुमारी गुरुङ, नारायणबहादुर पण्डित र डिलकाशी गुरुङ छन् । यस्तै सर्वोत्कृष्ट बचतकर्ताबाट भमरकोट पार्टी प्यालेस, उत्कृष्ट बचतकर्ताबाट खुरेन्द्रमान माकाजु, उत्कृष्ट दैनिक बचततर्फ राजेन्द्रकुमार ताम्राकार, उत्कृष्ट निक्षेप प्रवाहबाट मीनबहादुर बर्देवा, सर्वोत्कृष्ट निक्षेप प्रवाहबाट माया गुरुङ र उत्कृष्ट सञ्चालक सम्मानबाट जगदीश गौतमलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

यस्तै उत्कृष्ट कर्मचारीलाई पनि नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा प्रधान कार्यालय अमरसिंहकी मनिषा गुरुङ, महेन्द्रपुल सेवा केन्द्रकी रस्मिता भुजेल र तालचोक सेवा केन्द्रकी हीरा केसी छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर गुरुङले सहकारीले पोखराको ३ स्थानबाट सेवा दिइरहेको बताउँदै आगामी दिनमा एक सहकारी एक उत्पादन कार्यक्रमसँग अन्य कार्यक्रमलाई निरन्तरता दिँदै जाने योजना सुनाए । पोखरा १२ उपकार मार्गमा प्रधान कार्यालय रहेको सहकारीको महेन्द्रपुल र तालचोकमा सेवा केन्द्र छ ।

संस्थाका सचिव सरिता तिम्सिना पंगेनीले प्रत्येक ४÷४ महिनामा प्रगति विवरण सार्वजनिक गर्ने गरिएकाले संस्थाप्रति सेयर सदस्यको विश्वास बढ्दै गएको बताइन् । उपाध्यक्ष जगदीश गौतमले संस्थामा ७ सयभन्दा बढी सेयर सदस्य र १२ सयभन्दा बढी कारोबारी सदस्य रहेकाले उनीहरूको विश्वास जित्दै अघि बढ्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र…
  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…

hero news full width