लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवमा इसेवाबाट पनि टिकट काट्न सकिने भएको छ । युवा विद्यार्थी वर्गलाई लक्ष्य गरी यसपटक इसेवाबाट नै टिकट काट्ने व्यवस्था मिलाइएको टिकट व्यवस्थापन उप–समितिका संयोजक अर्जुन भण्डारीले बताए ।
इसेवाबाट टिकट काट्नेहरुमध्येबाट हरेक दिन १ जनालाई लक्की ड्र को आधारमा बञ्जी जम्प, प्याराग्लाइडिङलगायत अफरसमेत ल्याइएको छ । महोत्सवमा सर्वसाधारणको लागि ८० रुपैंयाँ र विद्यार्थीका लागि परिचयपत्रको आधारमा ५० रुपैंयाँ, बेलुकाको लाइभ कन्सर्टको १ सय ५० रुपैयाँ मूल्य तोकिएको छ । ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भक्ता कार्डको आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरू, कृषि तथा पशुजन्य वस्तुहरू, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायत कार्यक्रम समावेश गरिएको छ । मेलाबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सुजल डेरी र सेलवेजलाई अवार्ड
पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च
बागलुङ उवा संघको टोलीलाई स्वागत
तीजमा सफल सादा दही
ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१