पोखरा । पोखरा महानगरपालिका एवं प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीले राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवलोकन गरेका छन् ।
शिक्षालयका प्रशिक्षक कृष्णप्रसाद धिताल, मनोज पौडेल र सुमन सुवेदीको नेतृत्वमा आएका शिक्षालयमा डिप्लोमा इन अटोमोबाइल्स इञ्जिनियरिङ अध्यनरतसहित करिब ८० जना विद्यार्थीले अटो, औद्योगिक तथा मेड इन नेपाल पेभेलियनसहित मेलामा रहेका स्टल अवलोकनसहित सैद्धान्तिक र प्राविधिक ज्ञान लिए ।
विद्यार्थीलाई अध्ययन अवलोकन माध्यमबाट व्यावहारिक शिक्षा दिने नीति अनुरुप यो भ्रमण तय गरिएको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । दक्ष र बजारले खोजेको जनशक्ति उत्पादनको अभियानमा लागेको शिक्षालयले विद्यार्थीलाई स्वरोजगार र त्यो पनि नभए रोजगारसँग जोड्ने नीति तयर गरेको बताउँदै व्यापार मेला अवलोकनले विद्यार्थीमा आत्मविश्वास जागेको धारणा व्यक्त गरे ।
मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले विद्यार्थीलाई आफूले उपभोग गर्ने सामान कसरी उत्पादन हुन्छ, त्यसको प्रवद्र्धन र बिक्रीमा कस्तो कला अपनाउनुपर्छ भन्नेबारे जानकारी राख्न सुझाए । उपभोक्ताको आवश्यता र रुचिलाई केन्द्रमा राखेर उत्पादन गर्दा बजार अभाव नहुने उनको धारणा थियो ।
सो अवसरमा संघका निवर्तमान अध्यक्ष नारायण कोइराला, महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, कार्यसमिति सदस्य भीम गौतमलगायतको पनि उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
माउन्ट अन्नपूर्णमा वक्तृत्वकला
पोखरामा खुल्यो गेन्स कलेज
गुणस्तरीय शिक्षामा जोड
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड नेपालमा हुँदै, विरवी र शास्वतको सहभागिता
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१