‘माथिको आदेश’ भन्दै समातिए, विरोधपछि छुटे

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०८०
tripper (2)

पोखरा । आफ्ना २ वटै गाडी समातिएपछि हेमजाका बलराम त्रिपाठी आक्रोशित हुँदै पोखरा महानगरपालिका परिसर पुगे । उनका गाडी सडकमा लाइन लागेर राखिएको थियो । ‘बिनासूचना दुईवटै गाडी समातियो । किन समात्नुभयो भनेर सोध्दा महानगरको आदेश भन्नुभयो । महानगरमा सोध्दा कसैलाई केही थाहा छैन,’ उनले भने, ‘जसले घाट चलाएर बेच्छ उसलाई पो निगरानी गर्ने हो । हामी त पैसा तिरेर ओसारेका हौं । बकाइदा बिल छ । के आधारमा समात्न मिल्छ ? यो हामी व्यवसायीलाई दुख दिने नियत हो ।’

सोमबार र मंगलबार कास्की प्रहरीले नदीजन्य सामग्री बोकेर हिंडेको गाडी देख्नेबित्तिकै समात्यो । चालकहरुले सोधे, ‘किन समातेको ?’ प्रहरीले भन्यो, ‘माथिको आदेश ।’ माथिको भनेको चाहिँ पोखरा महानगरपालिकाको । महानगरपालिकाले ढुंगा, गिट्टी, बालुवा र क्रसरका सामग्री बोकेर हिंडेका ट्रक, ट्याक्टर र टिप्पर धमाधम समात्न प्रहरीलाई आदेश दियो । प्रहरीले जिल्लाभरिबाट गाडी महानगरअघि थुपारिदियो । सोमबार साँझदेखि मंगलबार दिउँसोसम्म ५६ गाडीहरु न्यूरोडमा लाइन लागे । आफ्नो गाडी समातिनुको कारण न गाडी धनीले थाहा पाए, न चालकले नै । महानगरमा पुगेपछि बिनाबिल सामान ओसारेको भन्दै समातिएको थाहा पाए । तर अधिकांश गााडीसँग सामानको भ्याट बिल थियो ।

चालक सुवास तामाङ मंगलबार बिहान साढे ६ बजे खोलामा गएर सामान भरे । रातोपैह्राबाट बिलसहित लिएर आउँदा प्रहरीले रोक्यो । ‘महानगरले बोलाएको छ भनेर चाबी खोसे । महानगरमा किन ल्याएको थाहा छैन,’ उनले भने । दिनभर प्रहरीले समातेका गाडी त्यत्तिकै छाडिएको छ ।

‘उहाँहरुले बिल ल्याउनुभयो । काटिएका बिलमा हाम्रो शंका छ,’ राजस्व शाखाका अधिकृत दीपेन्द्र पण्डितले भने, ‘आवश्यक छानबिन र कारबाहीका लागि आन्तरिक राजस्व कार्यालयमा बिलसहित पठाइन्छ ।’ बिलसहितको चिठी बुधबार पठाउने उनले बताए । समातिएकामध्ये एउटा गाडीले चाहिँ बिल ल्याउन नसकेका कारण १५ हजार जरिवाना तिरेको छ । व्यवसायीलाई दुख दिने नियतले अनावश्यक रुपमा गाडी समातिएको उनीहरु गुनासो गर्छन् ।

गाडी समातिएपछि चालक र सवारीधनीले केहीबेर महानगर अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले गाडी सडकमा तेस्र्याए । तत्काल गाडी नछोडे सामान सडकमा थुपारिदिने चेतावनी दिएपछि महानगर हच्कियो र हतार–हतारमा गाडी छोड्ने प्रक्रिया थालियो । प्रहरीले चाहिँ सबै गाडीले अवैध रुपमा नदीजन्य सामग्री चोरी निकासी गरेको आरोप लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले फर्जी काम गरेको सूचना पाएर नै समातेको बताएका छन् । ‘एउटै बिलले धेरै पटक सामान ओसार्छ भन्ने सूचना आयो । त्यसपछि सडकमा गुडेका जति सबैलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘कसैले डुब्लिकेट बिल बोकेको भन्ने पनि सुनिन्छ । थप अनुसन्धान हुँदै गर्छ, गाडी छोडौं भनेर कागजपत्र राखेर छोडेका छौं ।’ उनका अनुसार अबदेखि बिल काट्दा बिल नम्बरसहित समय उल्लेख गर्नुपर्ने उनले जानकारी दिए ।

महानगरको निर्णय

पोखरा महानगरपालिकाले मिति, समय, ढुवानी हुने सवारीसाधन र बिल नम्बर खुलेको चलानी पुर्जा अनिवार्य चालकसँग हुनुपर्नेमा सचेत गराएको छ । महानगरभित्र अवैधरुपमा नदीजन्य सामग्री ओसारपसार र बिक्री वितरण भएको पाइएपछि मंगलबार सुरक्षा निकायका प्रमुखसमेतको उपस्थितिमा भएको छलफलपछि एक सूचना जारी गर्दै उक्त कुरामा सचेत गराएको हो ।

यसैगरी, भ्याट/पान नम्बर स्पष्ट भएको बिल हुनुपर्ने, महानगरभित्र आय ठेक्का सम्झौता भएका घाटको सम्बन्धमा क्रसर उद्योगसम्म नदीजन्य सामग्री ढुवानी गर्दा महानगरको कार्यदेश र चलानी पुर्जा हुनुपर्ने महानगरले जनाएको छ । साथै, क्रसरहरुले बिक्री गर्दा अनिवार्यरुपमा बिल/बिजक जारी गरी ढुवानी गर्नुपर्ने, नदीजन्य सामग्री बिक्री गर्ने डिपोहरुबाट ५० लाखसम्मको वार्षिका कारोबार गर्ने भएमा पान बिल जारी गर्न सकिने र सोभन्दा माथिको कारोबार भए भ्यान बिट जारी हुनुपर्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…
  • पोखरा फेलोसिप च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार फाइनलमा लमजुङ…
  • सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष…

hero news full width