पत्रकार लक्ष्मीनारायण देवकोटा परिवारमा बज्रचोट

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०८०
srijana devkota

लक्ष्मीनारायणकी धर्मपत्नी स्व. सिर्जना देवकोटा

पोखरा । नेपाल पत्रकार महासंघ कास्की सदस्य लक्ष्मीनारायण देवकोटालाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी सिर्जना देवकोटाको गत १९ मंसिरमा उपचारका क्रममा निधन भएको हो । उनी ३९ वर्षकी थिइन् ।

गएको ३ वर्षदेखि आन्द्राको क्यान्सरका कारण बिरामी उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार क्रममा निधन भएको हो । उनलाई काठमाडौंस्थित ओम हस्पिटलमा नियमित चेकजाँच गरिँदै आएकोमा ११ दिनदेखि गण्डकी मेडिकलमा भर्ना गरिएको पत्रकार लक्ष्मीनारायण बताउँछन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ६, लुम्ले निवासी देवकोटा दम्पतीका ९ वर्षीय छोरा र १७ वर्षीया छोरी छन् ।

देवकोटा परिवारमा सिर्जनाको निधनले बज्रचोट परेको छ । गत २७ कात्तिकमा लक्ष्मीनारायणका ६६ वर्षीय बाबु श्रीराम देवकोटामाथि हँसिया प्रहारबाट खुट्टा काटिएको थियो । स्थानीय जुमकाजी बिकले सामान्य रिसइबीमा त्यसदिन हँसिया प्रहार गरेका थिए । बिक अहिले कारागारमा छन्।

Related News

सम्बन्धित समाचार

  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…
  • पोखरा फेलोसिप च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार फाइनलमा लमजुङ…
  • सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष…

hero news full width