लेखनाथ । पोखरा २७, बगादी खोलामा ५ हजार माछाका भुरा छाडिएको छ । खोलामा स्थानीय प्रजातीका माछाहरु लोपोन्मुख भएकोल वडा कार्यालयको १ लाख रुपैयाँ आर्थिक सहयोगमा सोमबार रहु र नैनी प्रजातीका भुरा छाडिएको वडाध्यक्ष पूर्णकुमार गुरुङले बताए ।
‘म यही ठाउँमा हुर्केखेलेको हुँ, विगतमा हामी बाल्यावस्थामा यही खोलामा पौडी खेल्थ्यौं, त्यतिबेला पानीमा डुबेर माछा लखेट्थ्यौं तर अहिलेको पुस्तालाई त्यो अनुभव छैन, त्यसैले नयाँ पुस्ताले पनि त्यो किसिमको अनुभूति गर्न पाउन भन्ने हाम्रो उद्देश्य हो,’ वडाध्यक्ष गुरुङले भने ।
वडा सदस्य जितेन्द्र क्षत्रीले खोलाको संरक्षण गर्नु नै वडाको मुख्य उद्देश्य रहेको र स्थानीय जातका माछाहरु समेत संरक्षण होओस् भन्ने उद्देश्यले भुरा छाडिएको बताए ।
माछाको संरक्षणको जिम्मा स्थानिय बगादी युवा क्लबले लिने त्यसबाट हुने आय क्लबले सामाजिक कार्यमा उपयोग गर्ने क्लब अध्यक्ष गंगा तामाङले बताए । विगतमा खोलामा फोहोर फाल्ने, करेन्ट लगाएर माछा मार्ने लगायतका गतिविधि हुने गरेकोमा वडासँग समन्वय गर्दै क्लबको पहलमा यस्ता कार्यहरु रोकिएको समेत उनले दाबी गरे । खोलामा चोरी सिकार एवं करेन्ट लगाएर माछा मार्न निषेध गरिएको त्यस्तो पाइएमा १० हजारदेखि ५० हजारसम्म जरिवाना गरिने तामाङले बताए ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता
सामुदायिक बगरमा दोहारिए राम
उद्घोषण एवं माहुरीपालन तालिम
जनता सहकारीको साधारणसभा
डिएलए कास्कीमा शर्मा
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१