महोत्सवमा गुनासो सुन्दै प्रहरी

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०८०
Mela News Photo

पोखरा । भैरहवाका मोहमद साउदको मोबाइल र पर्स पोखरा प्रदर्शनी केन्द्रमा चलिरहेको औद्योगिक व्यापार मेला परिसरमा हरायो । मेला हेर्न पुगेका उनी सामान हराएपछि केही समय आत्तिए । आत्तिएकै बेला नागरिक सहायता कक्ष देखे । जहाँ प्रहरी पनि थिए । हत्तपत्त त्यहाँ पुगेर प्रहरीलाई आफ्नो समस्या सुनाए ।

उनको गुनासो टिपेर प्रहरी खाजीकार्यमा लाग्यो । केही समयपछि बाल उद्यानका कामदारको समन्वयमा मोबाइल र पर्स फेला पार्‍यो । त्यसपछि प्रहरीले साउदलाई सामान फिर्ता गर्‍यो । ‘उहाँको रेड्मी नोट फाइभ र पर्स हराएको रहेछ । हामीले सिसिटिभी फुटेज हेरेर उहाँको मोबाइल खोज्यौं,’ प्रहरी सहायक निरीक्षक टीका सुवेदीले भने, ‘केही समयपछि हामीले भेट्यौं अनि उहाँको हो कि नाइँ भनेर यकिन गर्न लक खोल्न लगाएर उहाँलाई फिर्ता ग¥यौं ।’

योसँगै अर्को मोबाइल पनि फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको उनले सुनाए । मेलामा राखिएको नागरिक सहायता कक्षमा मेला अवलोकनकर्ताहरू गुनासो र जिज्ञासाबारे सोधपुध गर्न पुगेको उनले बताए ।

मेलाको सुरक्षासँगै अन्य आपराधिक गतिविधिका बारेमा जानकारी दिनका लागि नेपाल प्रहरी, सामुदायिक प्रहरी र मेला आयोजकसँगको सहकार्यमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । ‘मेलाका सुरक्षासँगै आपराधिक गतिविधिका बारेमा प्रहरीलाई जानकारी दिन पनि नागरिक सहायता कक्ष उपयोगी हुने भयो,’ उनले भने, ‘यहाँ हामीले लघु सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं ।’

मेलाका २५ स्थानमा सिसी क्यामेरा निगरानी र एपिएफको एक टोलीले सुरक्षा दिइरहेको छ

लघु सचेतनाअन्तर्गत घरेलु, लैंगिक, यौनजन्य, सामाजिक, शारीरिक हिंसा, आत्महत्या रोकथाम, ट्राफिक सचेनता, साइबर अपराधका विषयमा सूचना प्रवाह गरिरहेको सूचना अधिकारी विकले बताए ।

नागरिकहरूले मेला आएको समयमा आफूलाई परेको हिंसाका बारेमा जानकारी दिन सकुन् भनेर पनि सहायता कक्ष सञ्चालन गरेको उनको भनाइ थियो । ‘यहाँ आएर सवारी साधन चलाउँदा कस्ता ट्राफिक नियम पालना गर्ने होला भनेर पनि सोध्नुहुन्छ,’ उनले भने, ‘सामाजिक सञ्जाल ह्याक भएका विषयबारेमा पनि सोध्नुभएको छ । हामीले सचेत गराएर पठाउने गरेका छौं ।’

मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले मेलाको सुरक्षासँगै नागरिकलाई सचेत गराउन मेलामा सहायता कक्ष राखिएको बताए । मेलाको सुरक्षाका लागि कुनै कमी नगरिएको उनको भनाइ थियो । ‘मेलाको सुरक्षाका लागि नेपाल प्रहरीलाई नै आवासीय रुपमा रोखेका छौं । एपिएफको एक टोलीले सुरक्षा दिइरहेको छ,’ उनले भने, ‘यसबाहेक हामीले २५ स्थानमा सिसीटिभी क्यामेरा फिट गरेका छौं ।’ मेलाको सुरक्षासँगै नागरिकलाई सचेत गराउनका लागि सहायता कक्षबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम भइरहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…

hero news full width