पत्रकार बासुदेव पौडेल सम्मानित

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०८०
ntva samman

पोखरा । राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ ।

नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन अवसरमा पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेकोमा पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले मगरले सम्मान गरेका हुन् । उनलाई २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

मन्त्री आलेले गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विगतमा कोभिड लगायतका कारण पर्यटन क्षेत्र प्रभावित बनेपनि अब त्यसको प्रभाव घट्दै गएकोले पर्यटन प्रवद्र्धनका गतिविधि अघि बढाउनुपर्ने बताए ।

पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताउँदै उनले पर्यटनबाट समृद्धि हासिल गर्न सकिने जनाए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटनका माध्यमबाट गण्डकी प्रदेशलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन सकिने बताए । पोखरा–मुग्लिन सडक निर्माणको ढिलासुस्तीले पोखराको पर्यटनलाई प्रभावित बनाएको बताउँदै यसलाई यथासीघ्र सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए ।

नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले सवारी यातायातमा इम्बोष्ड नं राख्ने नाममा पर्यटक यातायातको पहिचान नै हराउने होकी भन्ने चिन्ता बढाएको बताउँदै पहिचान कायम हुनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष बेदराज बास्तोलाले पर्यटक यातायात व्यवसाय जोखिमयुक्त व्यवसाय भएको बताए । उनले अव्यवस्थित सडक, बैंकको बढ्दो ब्याजदर लगायतका कारण व्यवसाय नै समस्यामा

गुज्रीरहेको बताए । पर्यटक सवारीसाधनलाई पहिचान खुल्ने गरी इम्बोष्ड नम्बर सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बोबरजंग गुुरुङ, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् सल्लाहकार सोमबहादुर थापा, पोखरा महानगरपालिका वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई लगायतले सरकारको पर्यटनमैत्री नीति आवश्यक भएकोमा जोड दिए । उक्त अवसरमा संघका सल्लाहकार गणेशबहादुर सापकोटा, सवारी चालकद्वय राजकुमार परियार र सूूर्यबहादुर विश्वकर्मालाई पनि सम्मान गरिएको थियो ।

संघका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक दुुर्गादत्त दहाल र सञ्चालन विकास कँडेलले गरेका थिए ।

अधिवेशनले दुुर्गादत्त दहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा बाबुराम पाण्डे, प्रथम उपाध्यक्षमा रविप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा सूूर्यबहादुर घले, महासचिवमा विकासप्रसाद कंडेल, सचिवमा श्यामप्रसाद लामिछाने, कोषाध्यक्षमा शोभाखर तिवारी र सहकोषाध्यक्षमा भुवानीप्रसाद अधिकारी छन् ।

सदस्यमा संगीता अधिकारी, सुमन कुँवर, आनन्दराज अधिकारी छन् । रिक्त २ सदस्य पछि मनोनयन गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पाेखरा, २९ भदौ । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा…
  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…

hero news full width