पोखरा । सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको चौंथो अधिवेशनले सरिता ताम्राकारको अध्यक्षतामा सात सदस्य कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समिति उपाध्यक्षमा चिन्तामाणि बास्तोला, सचिव माधवप्रसाद तिमिल्सेना, कोषाध्यक्ष विश्व तण्डुकार, सदस्य मचराजा महर्जन कल्पना शर्मा र रक्छे लामा छन् । लेखा समिति संयोजक राजु श्रेष्ठ छन् भने सदस्यमा कमलकुमार प्रधान, रामनारायण श्रेष्ठ छन्।
अधिवेशन शुभारम्भ गर्दै सहकारीका संस्थापक अध्यक्ष कृष्णबहादुर थापाले सहकारी भावना र सिद्धान्तमा रही संस्था सञ्चालनमा भए सहकारीलाई समस्या नपर्ने बताए।
सो साधारण सभाले संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सचिव चिन्तामणि बास्तोला, कोषाध्यक्ष माधव तिमिल्सिना, व्यवस्थापक विश्वहरि जोशी, लेखा संयोजक राजु श्रेष्ठको प्रतिवेदन पारित गरेको छ।
२०६९ मा स्थापित सहकारीको हाल सेयर पुजी ४ करोड ९६ लाख, बचत १५ करोड ७४ लाख र ऋण लगानी १८ करोड छ ।
संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार नीरञ्जन श्रेष्ठ, उपाध्यक्ष सरिता ताम्राकार, सचिव चिन्तामणि बास्तोला, कोषाध्यक्ष माधव तिमिल्सिना लगायतले बोलेका थिए । कार्यक्रममा विविध विधामा व्यक्तिहरुर्ला सम्मान पनि गरियो।
Related News
सम्बन्धित समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
पोखरा फेलोसिप च्याम्पियन
सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई
hero news full width
मुख्य समाचार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१