पोखरा । पोखरामा जारी आइटिएफ जे–३० दोस्रो सर्किटअन्तर्गत सिंगलतर्फ प्रिक्वाटरफाइनलका खेल सकिएका छन् । डबल्सतर्फ क्वाटरफाइनल भयो ।
कास्की जिल्ला टेनिस संघ आयोजनामा पोखरा रंगशालामा जारी खेलमा बिहीबार ब्वाइज सिंगलतर्पm जापानका रिकु हिगासीले नेपालका निहाल जंगबहादुर थापालाई ६–२,७–५ ले पराजित गरे । नेपालका राजवीर प्रधानले भारतका इसान्त पतरालाई ६–१, ६–२, भारतका जेसन डेभिडले नेपालका सक्षम विक्रम शाहलाई ६–२, ६–२, अमेरिकाका आरब सम्राट हाडाले जापानका रुया सासामोतालाई ७–५, ६–३, भारतका प्रवीण मुकेश छावडाले भारतका अनिकेत भेंकटरामनलाई ६–४, ६–४, एलेक्से सिवइवले जापानका इप्पी मात्चुसिमालाई ७–६, ६–२, भारतका दक्ष कुक्रेटीले भारतकै सञ्चित सुधीर रावलाई ६–१, ७–६ र भारतका आहिल आयाजले नेपालका आर्यन गिरीलाई ६–३, ६–१ ले हराए ।
ब्वाइज डबल्सतर्फ भारतका अधिराज ठाकुर र ओजाज मेलावटको जोडीले जापानका को फुजिकावा र एलेक्सी सिवाइवलाई, भारतका जेसन डेभिड र अनिकेत भेन्कटरामनको जोडीले नेपालका आयुषमान हजुर घले र भारतका एस पञ्चासरीलाई, जापानका रिकु हिगासी र अमेरिकाका आरव सम्राट हाडाले जापानका इप्पी मात्चुसिमा र नेपालका सक्षम विक्रम शाहलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।
गल्स सिंगलतर्फ भारतका यासिका सोकिनले भारतकै दीया चौधरीलाई, भारतकै अन्वि पुनागान्टीले भारतका दिशा बेहरालाई, भारतका इशी महेश्वरीले भारतका प्रेसालाई, भारतकी अर्जान खोराकीवालाले भारतकै मनिका खन्नालाई, जापानकी उता असाकुराले थाइल्याण्डको पिच छायापक श्रीमुकलाई तथा भारतका मन्डगल्ला प्रिन्सीले भारतकै रिदी सिन्डेलाई पराजित गरिन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश मुवाँथाई संघमा मिलन
पोखरामा हाप्किडो सेमिनार
पोखरा फेलोसिप च्याम्पियन
कास्की जिल्ला टेनिस संघमा राजकुमार गुरुङ
हारबाट सिक्छ गण्डकी भलिबल
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१