गण्डकी । नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली बिहीबार कास्की आइपुग्ने भएको छ ।
यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको उक्त सङ्कल्प यात्रा अन्तर्गत कास्कीमा दुई दिनसम्म विविध कार्यक्रम तय गरिएको मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
एमाले जिल्ला किमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार दिउँसो कास्की र पर्वतको सीमास्थल नयाँपुलमा स्वागत गरिने भएको छ । सोही दिन कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
शुक्रबार बिहान पोखराको अमरसिँहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबँेसीमा स्वागत कार्यक्रम हुने उहाँले बताउनुभयो ।
सोही दिन उक्त टोली रुपा गाउँपालिकाको पिपले बजारहुँदै लमजुङ प्रस्थान गर्ने जनाइएको छ । “हेम्जा र तालचोकमा भेटघाटसहित पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ”, गुरुङले भन्नुभयो, “स्थानीयवासीसँग विकास निर्माण र जनजीविकाका विषयमा अध्यक्षले अन्तरक्रिया गर्नुहुनेछ ।” सङ्कल्प यात्रामा सहभागी टोलीलाई एमाले स्थायी कमिटी सदस्य एवं कास्की जल्ला इञ्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले कास्कीमा स्वागत गर्ने एमालेले जनाएको छ ।
एमाले स्थायी कमिटी सदस्य थापाले गणतन्त्र, नेपालको संविधान र राजनीतिक उपलब्धिको रक्षार्थ समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सङ्कल्प यात्रा सुरु गरिएको बताउनुभयो । सङ्कल्प यात्राका क्रममा नागरिकका अनुभूति, सुझाव र गुनासा सङ्कलन गरिएको उहाँले बताउनुभयो । रासस
Related News
सम्बन्धित समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने सम्मानित
अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप
धनराज भन्छन्–छानबिनमा सघाउँछु
मादी १२ मा कांग्रेसको क्रियाशील सदस्यता वितरण
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१