बिहानी सहकारीको सभा

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०८०
Bihani bachat

पोखरा । पोखरा ८ न्युरोडमा रहेको बिहानी बचत तथा ऋण सहकारी संस्थाले १५ औं वार्षिक साधारण सभा सम्पन गरेको छ । संस्थाको विधानअनुसार १० जना बराबर १ जना सदस्य प्रतिनिधि छनोट गर्न मिल्ने व्यवस्था भएअनुरुप संस्थाले प्रत्येक सेवा केन्द्रमा इकाइगत सभा गरी प्रतिनिधि छनोट गरेको थियो । संस्थाका ५ हजार ५ सय ६३ सदस्यमध्ये विभिन्न इकाइबाट छनोट भएका प्रतिनिधिको अन्तिम सभा शनिबार भएको हो ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रार्ड कार्यालयका शाखा अधिकृत चोलाकान्त वाग्लेले कार्यक्रम उद्घाटन गर्दै केही सहकारी नीति विधिमा नचलेको कारण समस्यामा परेका र हालसम्म सहज कारोबार गरेका संस्थाका लागि पहिलेजस्तो चुनौती नरहेको बताए । उनले सम्पूर्ण सहकारीहरू नीति विधिमा चल्न र १ सदस्य १ सहकारी अवधारणा पालना गर्न सुझाव दिए ।

संस्थाका अध्यक्ष धर्मराज भण्डारीले आफ्नै संस्थामा कारोबार गरी असल सदस्यको पहिचान बनाउन पनि अनुरोध गरे ।

कार्यक्रममा कास्की बचत संघका सचिव ईश्वरप्रसाद चालिसे, कर्मशील बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक शिवहरि शर्मा, संस्थाका सल्लाहकार तथा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका पूर्व अध्यक्ष अइनकुमार शाही, संस्थाका संस्थापक अध्यक्ष तथा आरकेडी होल्डिङ्स, बन्दीपुर केबलकारका अध्यक्ष रामचन्द्र शर्माले बोलेका थिए ।

कार्यक्रममा संस्थाले उत्कृष्ट कारोबारी, उत्कृष्ट कर्मचारी, ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गरेको थियो । संस्थामा रिक्त रहेका सचिव, सञ्चालक सदस्य, लेखा समिति संयोजक, लेखा समिति सदस्यमा क्रमश प्रेम गिरी, धनप्रसाद पाध्या, दिनेश पौडेल, अदिप बराल निर्वाचित भएका थिए ।

संस्थाका अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष सुजन बाबु अधिकारीले स्वागत गरे । कार्यक्रममा संस्थाका अध्यक्ष, सचिव, कोषध्यक्ष तथा लेखा समितिको प्रतिवेदन अनुमोदन भएका छन् । कार्यक्रम सञ्चालन संस्थाका निवर्तमान सचिव हिमालय बख्रेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र…
  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • माओवादी पहिलोपल्ट प्रमुख प्रतिपक्षी

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । गण्डकी प्रदेशसभाको बैठक झण्डै ७० दिनपछि बुधबार बस्यो । बैठकमा पहिलोपल्ट माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको हैशियतमा रह्यो…
  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…
  • प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । १११ औं बिपी जयन्ती अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएकोमा ११ जनालाई बुधबार…

hero news full width