एकल महिलाको लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०८०
single women

पोखरा । सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा पोखरामा २ दिनसम्म सञ्चालन भएको एकल महिलाको लागि नेतृत्व विकास कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले पितृसत्तात्मक सोचका कारण अझै पनि समाज लैंगिक समतामूलक बन्न नसकेको बताइन् ।

राज्यले व्यवस्था गरेका हक अधिकार प्राप्तिका लागि समेत एकल महिलाले थुप्रै चुनौतीको सामना गर्नुपर्ने बाध्यता कायमै रहेको उल्लेख गर्दै उनले समाजमा रहेका कुरीति, कुसंस्कार हटाउनका लागि सबै एकजुट भएर आवज उठाउनुपर्नेमा जोड दिए ।

परिस्थिति र नियतिले एकल हुन पुगेका महिलाको लागि अवसर र चुनौती दुवै रहेको भन्दै उनले आफ्नो क्षमता र दक्षताको अभिवृद्धि गर्दै एकल महिलाले समाजको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।
जनप्रतिनिधिले जनताको लागि जति सेवा दिनुपर्ने थियो त्यति दिन नसकेको स्वीकार्दै उनले एकल महिलाको हक अधिकार प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले काम गरिरहेको बताइन् ।

कार्यक्रममा शिक्षा विकास निर्देशननालय गण्डकीका उपमहानिर्देशक घनश्याम पौडेलले राज्यले तालिम र प्रशिक्षण कार्यक्रममा धेरै लगानी गरेको उल्लेख गर्दै तालिमपश्चात् कार्यान्वयनको पाटोका विषयमा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्रबहादुर थापाले कास्कीका एकल महिलालाई संगठित गर्ने, हक अधिकारका विषयमा जानकारी गराउने र समाजमा नेतृत्व लिने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पंगेनीले अझै पनि एकल महिलालाई घर परिवार र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकोप्रति दुख व्यक्त गर्दै समाजमा हुने हरेक गतिविधिमा एकल महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइन् । उनले तालिममा सिकेका कुरा व्यवाहारमा उतार्न आग्रह गरिन् ।

अधिवक्ता गीता लामिछानेले महिला हिंसा न्यूनीकरणका लागि आर्थिक सशक्तीकरण जरुरी रहेको बताइन् । सहभागीको तर्फबाट गोमा पराजुलीले तालिम प्रभावकारी भएको सुनाइन् ।

तालिमलाई मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीका अध्यक्ष जुना केसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पंगेनी, अधिवक्ता गीता लामिछाने र अधिकारकर्मी दुर्गा न्यौपानेले सहजीकरण गरेका थिए ।

सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालय कास्कीका अधिकृत ज्ञानेश्वर सुवेदीले गरेका थिए ।

मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीको समन्वयमा सञ्चालन भएको तालिममा कास्कीका २५ जना एकल महिलाको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३…
  • एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । एन प्याव्सन कास्की आयोजनामा भएको दोस्रो नेपाली पठनसिप एवं श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ । युनिभर्स…
  • सामुदायिक बगरमा दोहारिए राम

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १, बगरको शनिबार २१ औं वार्षिक साधारण सभा तथा ११…
  • उद्घोषण एवं माहुरीपालन तालिम

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ आयोजनामा नेतृत्व विकास र मौरीपालन सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । लेखनाथ उद्योग…
  • जनता सहकारीको साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पोखरा ३०, पावरहाउसमा रहेको जनता बहुउद्देश्यीय सहकारी संस्थाले १३ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको पोखरा…

hero news full width