स्याङ्जा । आँधीखोला गाउँपालिका वडा ४, बाङसिङस्थित निर्माणाधीन श्रवणकुमारको समााधिस्थल निर्माणलार्ई पूर्णता दिइने भएको छ ।
श्रवणकुमारको नाउँमा निर्मित पोखरीसहितको समाधिस्थललाई पूर्णता दिने गरी मंसिर १० देखि निर्माण अघि बढाउने गरी नेपाली सेनाले चासो बढाएको आँधीखोला गाउँपालिका अध्यक्ष विश्व पौडेलले बताए ।
स्याङ्जाको पहिचानका रुपमा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलरुपमा परिचित श्रवणकुमार र आँधीखोलाको महत्वलाई देश तथा विदेशसम्म प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने उद्देश्यसहित सो समाधिस्थल निर्माणलाई पूर्णता दिन नेपाली सेना र आँधीखोला गाउँपालिकाले संयुक्त रुपमा निर्माण अघि बढाउने भएको हो ।
अध्यक्ष पौडेलका अनुसार ‘पोखरीको पुननिर्माण, पोखरी वरपर रेलिङ बार र विश्रामस्थल लगायत पूर्वाधार निर्माणका लागि नेपाली सेनाले २५ लाख बराबरको काम गर्नेछ । त्यहाँसम्म पुग्नन बाटोघाटोलगायत अन्य आवश्यक काम भने गाउँपालिकाले गर्नेछ ।’
खैरनीटार स्थित ३ नं बाहिनीका सहायक रथि गौरवकुमार केसी सहितका गण्डकी प्रदेश गुल्मपतिले समाधिस्थल लगायत यहाँका पर्यटकीय स्थलहरुको अवलोकन गरेका छन् । नेपालकै पहिलो पर्यटकीय गाउँ शिरुवारी, भखैरै निर्मित पर्यटकीय स्थल म्हाजु भन्ज्याङ, एशियाकै ठूलो बौद्धको मूर्ति र कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थलमा रहेको पञ्चासे पनि आँधीखोला गाउँपालिकामा पर्दछ ।
पुतलीबजार ४, नागडाँडादेखि पञ्चासेसम्मलाई जोडेर पर्यटकीय गन्तव्रुपमा जोड्न पालिका अघि बढेको अध्यक्ष पौडेलको भनाइ छ ।
धार्मिक कथन अनुसार तेत्रायुगमा आफ्ना दृष्टिविहीन आमाबुवालाई तीर्थाटन गराउने क्रममा तिर्खाएका आमाबुवालाई चिलाउनेबासको अन्धाअन्धी क्षेत्रमा राखी बाङसिङको घ्याङसिरी भन्ने स्थानमा रहेको पानीको पोखरीमा गाग्रो डुबाउँदा निस्किएको आवाजलाई दशरथले मृग ठानी वाण हान्दा श्रवणकुमारको मृत्यु भएको भन्ने भनाइ छ ।
छोरा वियोगमा रुँदारुँदै ती आमाबाबुको आशुँबाट दह बनेको र सो दहको नाम अन्धाअन्धी दह रहेको किम्बदन्ती छ । सोही दहबाट बगेको आँधीखोला हो । स्याङ्जालाई मध्यभाग पारेर बीचबाट आँधीखोला बगेको छ । आँधीखोला र श्रवणकुमार स्याङ्जाको पहिचान हो ।
किम्बदन्ती अनुरुप विभिन्न आकृतिका मूर्ति पनि भेटिन्छ, यहाँ । श्रवणकुमारलाई वाण लागेको ठाउँको पानी रंग पनि रातोखालको देखिने र दशरथले लुकेर वाण हानेको अग्लो पहाड समेत रहेको भन्ने भनाइ रहेको छ, यहाँ ।
Related News
सम्बन्धित समाचार
३ वर्षमा ३०० आत्महत्या !
सडक निर्माण ढिलाइको विरोध
निजामती कर्मचारीलाई पुरस्कार प्रदान
हर्षोल्लासका साथ मनाइयो तीज
लामाचौर तीज महोत्सव सुरु
hero news full width
मुख्य समाचार
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१