पोखरा । पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सुरु भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा भएको रेसको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
पोखरा महानगरपालिका १३ को आर्वा–विजय डाँडा (महाप्रभु धाम)मा सुरु भएको प्रतियोगिता मंसिर ९ गतेसम्म चल्ने छ । मेयर आचार्यले खेल क्षेत्रको विकासको लागि महानगर सदैव तयार रहेको बताए । पोखरालाई खेल पर्यटनको हब बनाउनका लागि प्रशस्त सम्भाव्यता रहेका कारण अन्तर्राष्ट्रिय स्तरका खेल पोखरामा ल्याउन सबैले पहल गर्नुपर्ने उनको भनाइ थियो । पोखरा १३ का वडाध्यक्ष किरण बरालले आर्वालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भएकाले खुसी व्यक्त गरे ।
प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले एन्ड्युरो माउन्टेन बाइक रेसका लागि पोखरा नै उपयुक्त ठाउँ रहेको बताए । ४ वर्ष अगाडि देखि तयारी गर्दै अहिले पोखरामा रेस सञ्चालन गर्न सफल भएको उनले सुनाए । प्रोफेसन राइडरका लागि इलिट र इ–बाइकको लागि छुट्टै ट्रयाकमा रेस गर्नुपर्ने उनले बताए ।
प्रतियोगितामा नेपालसहित ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका छन् । इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुनेछन् । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ ।
इलिट पुरुषतर्फका प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने र इलिट महिलातर्फ प्रथम, दोस्रो र तेस्रो क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्ते गर्नेछन् । अन्य विधामा भने गिफ्ट ह्यापर प्रदान गरिने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश मुवाँथाई संघमा मिलन
पोखरामा हाप्किडो सेमिनार
पोखरा फेलोसिप च्याम्पियन
कास्की जिल्ला टेनिस संघमा राजकुमार गुरुङ
हारबाट सिक्छ गण्डकी भलिबल
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१