पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०८०
united club pokhara mahotsav news

पोखरा । १२ औं संस्करणको पोखरा महोत्सव तयारी सुरु भएको छ । युनाइटेड क्लब आयोजनामा अमरसिंह चौरमा हुने यो महोत्सव पोखरा आसपासमा हुने महोत्सवमध्ये ठुलो महोत्सवमा पर्दछ । पुस अन्तिम साता हुने महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । महोत्सवमा हुने विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगितालाई प्रतिष्ठाले सहयोग गर्नेबारे बुधबार सम्झौता भएको छ ।

क्लबतर्फ अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल र प्रतिष्ठानतर्फबाट उपकुलपति गोरे गुरुङ र सदस्यसचिव मनकुमार श्रेष्ठबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा उपकुलपति गुरुङले युनाइटेड क्लब आफैँमा प्रतिष्ठित क्लब रहेको र यसले सामाजिक कामसँगै लोकसंस्कृतिको उजागर गर्ने गरी लोकनृत्य प्रतियोगिता गर्दै आएकोमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

संस्थापक अध्यक्ष बख्रेलले प्रतिष्ठानसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्ने, पोखरा महोत्सवमा सामूहिक लोक नृत्यलाई हरेक वर्ष सञ्चालन गर्ने, प्रतियोगितामा निर्णायकको निर्णय गर्दा दुवै पक्षको सहमतिमा गर्ने र सम्झौता २०८५ चैतसम्म हुने उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…

hero news full width