लेउवा संघको करदाता शिक्षा एवं अन्तर्क्रिया

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०८०
LCCI-TAX

लेखनाथ । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० अवसरमा लेखनाथका व्यवसायीहरूका लागि करदाता शिक्षा एवं अन्तक्र्रिया गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघसँगको सहकार्यमा मंगलबार लेखनाथमा कार्यक्रम गरिएको हो ।

उद्योगी तथा व्यवसायीलाई करको दायरामा ल्याउन, करदाता र सरकारी निकायबीचको दूरी कम गर्ने र करदातालाई करसम्बन्धी नयाँ निती तथा कर तिरेवापत राज्यले दिने सुविधाबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्र्माले कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, करसम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनबारे करदातालाई सुसूचित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

अर्थतन्त्रको शिथिलताका कारण कर संकलनमा चुनौती थपिए पनि लक्ष्यअनुरुपको कर संकलन

व्यवसायमैत्री नीति निर्माणका विषयमा आफूले सम्बन्धित निकायसम्म पृष्ठपोषण दिने र व्यवसायीलाई सहज र सरल हुने गरी सेवा सुविधा प्रदान गर्ने शर्माले प्रतिबद्धता व्यक्त गरे । उनले अर्थतन्त्रको शिथिलताका कारण कर संकलनमा चुनौती थपिएको बताउँदै चुनौतीका बाबजुद पनि कार्यालयले लक्ष्यअनुरुपको कर संकलन गर्न सफल भएको बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेयले स्थानीय तहबाट बनाइएका नीति व्यवसायीमैत्री हुन नसकेको, एकद्वार कर प्रणाली हुनुपर्नेमा झनै बहुद्वार प्रणाली जस्तो अनुभूति भएका कारण कर नीतिमा परिमार्जन गर्नुपर्ने अवस्था रहेको भन्दै समन्वयका लागि लेउवासंघ तयार रहेको बताए ।

संघका वरिष्ठ सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठीले हिँड्ने गोरुको पुच्छर निमोठ्ने भनेजस्तै करको दायरमा आएका व्यवसायीलाई राज्यले झनै करमाथि कर थोपर्ने गरेको भन्दै सबैलाई करको दायरामा ल्याउनुपर्ने र एकै ठाउँबाट कर तिर्ने वातावरण मिलाउनुपर्ने माग गरे ।

पूर्व अध्यक्ष बलराम ढकालले कर दिवस मनाउने कार्यले कर नीतिमा परिवर्तन एवं सुधार भई करमैत्री वातावरण बनेको बताउँदै अझै व्यवसाय गर्ने, बिलबिजक जारी गर्ने पद्धति सिकाउनुपर्ने र यसबाट समाजमा पनि परिवर्तन आउनुपर्ने तर्क गरे ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम महासचिव जानुका पराजुलीले सञ्चालन र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए ।

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८० मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमका साथ मनाइने छ ।

राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन कार्यक्रमअन्तर्गत मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको आन्तरिक राजस्व कार्यालय पोखराका कार्यालय प्रमुख शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

  • तीजमा सफल सादा दही

    आदर्श समाज सम्वाददाता भाद्र २०, २०८१
    पोखरा । हरितालिका तीज अवसरमा सुजल डेरी प्रालिले ‘सफल दही, एकदम सही’ नाराका साथ सफल सादा दही (सुगर फ्रि) बजारमा…
  • ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । पोखरा वडा १६ वडा कार्यालयको संरक्षकत्वमा बडहरबोट आमा समूह आयोजनामा बाटुलचौरमा बुधबारदेखि ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु भएको…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…
  • पोखरेल प्यानलको घरदैलो

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ ।…
  • पोखरामा डायमण्ड मेला हुने

    आदर्श समाज सम्वाददाता भाद्र ११, २०८१
    पोखरा । कञ्चन क्यापिटल आयोजनामा पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । यही १२–१९ भदौसम्म मोहरिया टोलस्थित…

hero news full width