पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा चिनाउन सधैं हिमाल र तालको मात्र भर परेर नहुने बताएका छन् । उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन अझ धेरै काम गर्नुपर्नेमा जोड दिए ।
पोखरा–१७ स्थित डेभिज फल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले भने, ‘२ वर्षअघि पोखरा आउने पर्यटक फेरि हिमाल र ताल हेर्न किन आउने भन्ने कुरा हामीले सोच्नुपर्ने अवस्था छ । त्यसैले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पुम्दीकोट, सराङकोट, मट्टिखान जस्ता केही स्थानको अझै प्रवद्र्धन गर्दै सकारात्मक विषयमा सबैको एकमत हुनुपर्छ ।’ पोखरा महमनगरपालिका निजी एवं सहकारीसँग मिली विकासका कार्यमा जोडिन सधैँ तयार रहेको उनले बताए । सहकारीले बचत र ऋणको मात्र नभई सदस्यलाई सिप र ज्ञानको माध्यमबाट उद्यमशील बनाउन समेत लागिपर्नुपर्ने उनको भनाइ थियो ।
पोखरा १७ का वडाध्यक्ष राधिका शाहीले डेभिज फल सहकारीले सामाजिक क्षेत्रमा गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सामाजिक उत्तरदायित्वको क्षेत्रमा अग्रस्थानमा रही कार्यगर्नेमा विश्वस्त रहेको बताइन् । पोखरा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीले सदस्यमैत्री सहकारीको मोडलमा सञ्चालित डेभिज फलले छोटो समयमा उल्लेख्य आर्थिक विकास गरेको बताए ।
डेभिज फल सहकारीको १२ औं वार्षिक साधारणसभा
कास्की बचत तथा ऋण सहकारी संघ अध्यक्ष भेषराज बरालले सदस्यको नियमित कारोबार र खबरदारीले सहकारी बलियो बन्ने बताए । कार्यक्रममा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बराल, संस्थाका सल्लाहकार एवं पोखरा नगर उपत्यका विकास समिति सदस्य झपिन्द्रराज रेग्मी, जिल्ला सहकारी संघ कास्की कोषाध्यक्ष नवराज बराल, गुप्तेश्वर महादेव गुफा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीराम सुवेदी, संस्थाका सल्लाहकार एवं ओम एकेडेमीका प्राचार्य युवराज लामिछाने ‘युवक’, इन्द्रेणी सहकारीका अध्यक्ष सागर अधिकारी, सेयर सदस्य ज्ञानेश्वर सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
उत्कृष्ट कारोबारतर्फ पार्वती कोइराला, भरतप्रसाद पोख्रेल, शिवराज पौडेल, लोकबहादुर थापामगर, मीना शर्मा पौडेल, प्रेमनारायण बराल, मैयाँ तिवारी, सायुजराज लामिछाने, यशोदा पौडेल, पूर्णबहादुर सुनार, पार्वती कुँवर, एन्जिला पोख्रेल, मानस क्षत्री, मानसी क्षत्री, विराज खत्री, अंकुश श्रेष्ठ, सनिस श्रेष्ठ र निकेश प्रधान सम्मानित भए । यस्तै, मनिता राई थामी उत्कृष्ट कर्मचारी बनिन् भने सागर बराल र योगनाथ ढकाललाई विशेष सम्मान गरिएको संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीले बताए । कार्यक्रममा शैक्षिक विद्यातर्फ १४ जना सम्मानित भए । जसमा विनयजंग थापा, वियनजंग थापा, अंकिता पहारी, समीर तामाङ, सुरज गुरुङ, प्रतिभा पहारी, मिलनप्रसाद बास्तोला, मनिक शर्मा तिमिल्सिना, रुविना श्रेष्ठ, सविता सुवेदी, नम्रता रेग्मी, अञ्जना पहारी, लक्ष्मण आलेमगर र अस्मिता पहारी हुन् ।
संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रम संयोजक एवं संस्था उपाध्यक्ष राजेन्द्रबहादुर थापाले स्वागत र सचिव प्रकाश सुवेदीले सञ्चालन गरे । शिक्षा उपसमिति संयोजक इन्दिरा पण्डित पौडेलले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।
यसैबीच, सहकारीले जाजरकोट भूकम्प प्रभावितका लागि ५१ हजार सहयोग गरेको छ । मेयर आचार्यले सहकारीतर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त सहयोग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
जाजरकोट भूकम्पपीडितलाई रोटरी नक्साल शक्तिको सहयोग
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
पर्यटन बसपार्क जिम्मा ए वानलाई
hero news full width
मुख्य समाचार
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०