आफ्नो कर्तव्य सम्झेर कर्म गर्नुपर्छ: मेयर भट्टराई

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०८०
galyang

गल्याङ । गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले सबैले कर्तव्य आत्मसाथ गरेर कर्म गर्न सकेमात्रै आफ्नो जिम्मेवारी पूरा हुने बताएका छन् ।

गल्याङ नगरपालिका ४ कुरुङ्चेमा आयोजित टोपला न्यौपानेको ३४ औं पुण्य आयोजित वडास्तरीय एकल महिला तथा एकल पुरुष सम्मान र भोजन गराउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताए ।

उनले भने, ‘आफूलाई जन्म दिने बुवाआमा भगवान्सम्म हुने बताउँदै उहाँहरुको लालनपालन र संरक्षण गर्ने जिम्मेवारी हाम्रो हो ।’

कार्यक्रममा नेपाली कांग्रेस गल्याङ नगर कार्य समितिका सभापति श्यामप्रसाद बस्यालले आफ्नो पितृको कार्यमा गरिएका असल कर्मले हामीलाई सबै सफलताको बाटोमा अगाडि बढ्न टेवा मिल्ने बताए ।

नगरपालिका उपप्रमुख हेमा न्यौपानेले समाजमा रहेका ज्येष्ठ नागरिक र एकल महिला एक्लै नभएको अनुभूति दिलाउने काम गरेकोमा न्यौपाने परिवारलाई धन्यवाद दिइन् ।

टोपला न्यौपानेका नाति ढाकाराम न्यौपानेले दान गर्नु पुण्य कमाउनु हो भने ।

कार्यक्रममा गल्याङ ४ भित्रका ९० एकल महिला र २५ जना एकल पुरुष गरि ११५ जनालाई दोसल्ला जुत्ता प्रदान गरेर तथा भोजन गराएर सम्मान गरिएको थियो ।
टोपला न्यौपानेका जेठा छोरा मुक्तिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मणिप्रसाद न्यौपानेले र संचालन वडाध्यक्ष ढाकाराम न्यौपानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width